चैत्र ०५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
हिउँदयाम सकिएर सुख्खा गर्मीयाम शुरु भएसँगै खोटाङ जिल्ला आगजनी र डढेलोको प्रकोपबाट आक्रान्त बनेको छ । लामो खडेरीसँगै हावा हुरी र वनजंगलमा फैलिएको डढेलोका कारण खोटाङमात्र होइन कोशी प्रदेशका अधिकांश जिल्लाहरुमा आगलागीका घटना र क्षतिको ग्राफ बढ्दै गएको प्रदेश प्रहरी कार्यालय श्रोतले जनाएको छ। यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो ।
केही दिनयता खोटाङको अधिकांश वन-जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो लागिरहेको दुःखद खबरहरु प्राप्त भईरहेका छन् । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् त कैयौँ मानिसहरुको घर, मतान, बाख्रा, कुखुरा जलेर नष्ट भर्ईरहेको खबरहरु आर्ईरहेका छन् ।
आम सर्वसाधारणका मनमा जिज्ञासा उव्जिनु स्वभाविक हो-यस्तो वेला डिभिजन बन कार्यालयको भूमिका के रहन्छ ? डढेलोका कारण वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ-दाउरा जलेर बर्षेनि नष्ट भइरहदा यसको नियन्त्रण र निगरानीमा डिभिजन वन कार्यालयसँग वार्षिक कार्यक्रम हुन्छ या हुदैन ? कुनै समय हरियो वन नेपालको धन भन्ने उक्तिले नेपालीलाई गर्ववोध हुन्थ्यो । हाल पनि सिंगो वनको सम्वोधन हुनेगरी नेपाल सरकारको प्रतिनिधिमूलक कार्यालयहरु छन् जिल्लाहरुमा । तर वन संरक्षण र सम्वर्दनका लागि स्थापित ती कार्यालयहरु वर्षेनी जंगलमा फैलिने यस्ता डढेलो नियन्त्रणका लागि भने कामयावी देखिन्नन् भन्दा अतिशयोक्ति नहोला ।
हलेसी एफएमका तर्फबाट खोटाङ जिल्लास्थित डिभिजन वन कार्यालयका अधिकारीसँग यस सम्बन्धमा सम्पर्क गरी जिज्ञासा राखिएको छ । वन कार्यालयका अनुसार अहिलेसम्म खोटाङको ८ गाउँपालिका र दुर्ई नगरपालिकामा रहेका अधिकांश सामुदायिक जंगलहरुमा डढेलोले क्षति पु-याएको छ । खोटाङको ऐसेलुर्खक गाउँपालिका-६ ज्यामिरेको तल्लो सल्लेस्थित सतिदेवी र खेमकाजी सामुदायिक वनको वीचमा लागेको डढेलोले धेरै क्षति पु-याएको बतार्ईएको छ । दिप्रुङचुइचुम्मा-४ बतासेको सामुदायिक जंगल, हलेसीतुवाचुङ-धितुङको सामुदायिक जंगल, खोटेहाङ, जन्तेढुंगा लगायत अधिकांस पालिकाका सामुदायिक जंगलहरुमा डढेलोले ठूलो क्षति पुराएको छ । ती जंगलहरुबाट डढेलो फैलिदै नजिकैको वस्तिमा समेत आगजनी हुदा लाखौँ क्षति पुगेको छ । घरपालुवा चौपायाहरु जलेर नष्ट भएका छन् ।
केही दिनअघि मात्र खोटाङको खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा डिभिजन वन कार्यालयसँगै नेपाल प्रहरी र स्थानीयहरुले वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामूलक अग्निरेखा निर्माण अभ्यास गरिएको डिभिजन वन अधिकृत पशुपति दाहालले बताउनुभयो ।
‘डढेलोका कारण वन्यजन्तुको वासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ ।’ उहाँले भन्नुभयोे–‘डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जाल बनाउन जरुरी छ । त्यस्तै अन्य ठाउँमा पनि डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतनामूलक अभ्यास गरिनु का साथै सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन मार्ईकिङ एबं प्रचारप्रसारका काम पनि भैरहेको छ ।’
वन अधिकृत दाहालले डढेलो नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने बताउदै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सहयोग गर्ने पनि जानकारी दिनु भयो ।
अधिकृत दाहालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले अहिले सम्म कति हेक्टर वनमा डढेलो लाग्यो र कति क्षति भयो भनेर एकिन तथ्याङ्क भने प्राप्त हुन सकेको छैन ।
तलका लिङ्कसहरु पनि पढ्नुहोस--
मानिसकै असावधानीबाट दिनदिनै आगलागि र डढेलोले ठूलो क्षति
दिप्रुङचुइचुम्मामा पनि डढेलोबाट ठूलो क्षति
डुम्रे धारापानीको जंगलमा डढेलो फैलिदा स्थानीयवासी सन्त्रस्त
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !