जेठ ०३, २०८१ , खोटाङ
प्रतियोगिताका लागि १६ कविका १६ कविता छनौट
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाल खेलकुद प्रतिष्ठान खोटाङले बैशाख ३१ बाट शुरु गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत आज जेष्ठ ३ गते विहीवार खुला राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गरिदैछ । रावासावा प्राज्ञिक समाज नेपाल र टेम्के तुवाचुङ प्रतिष्ठानले समन्वय र सहजिकरणको जिम्मा पाएको साहित्य विधा अन्तर्गत राष्टिय खुला कविता प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा आज जेष्ठ ३ गते विहीवार त्रिधार्मिकस्थल हलेसीमा आयोजना गरिने भएको हो ।
प्रतियोगिताका लागि आयोजकसँग दर्ता भएका ३५ जनाको कविताहरुमध्येबाट १६ वटा कविता छनोट गरिएको निर्णायक मण्डलले जानकारी दिईसकेको छ ।
छनौटमा परेका कविताहरुमा धनकुटाका अनिल अदृष्यको ‘इन्द्रेणीको अनुहार’, सुनसरीका किरण सिवाको ‘बिर्खे दमाईको आवाज’, तनहुँका चेतन न्यौपानेको ‘युवाको खाँचो’, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को ‘छम्कली रोकाया’, कालिकोटका रणबहादुर रानाको ‘असन्तोषको पर्खाल’, भोजपुरकी शशिकला राईको ‘म यात्री मनको’ र भोजपुरकै संग्राम किरातीको ‘बाध्यता कि रहर’ छन् ।
यसैगरीे खोटाङका कविहरु ज्ञानदीप चाम्लिङ राईको ‘मातृभूमि आमाको आँसु’, नानुमैयाँ दाहालको ‘मलाई रगत मनपर्छ’, प्रकाश आचार्य ‘भावुक’को ‘यो देश लम्काउन’, प्यासीको ‘मेरो देश’, रमिला राईको ‘मिती गएपछि’, मौषम आचार्यको ‘सँस्कृतिको समाधि’, सोनम सज्जन किरातीको ‘विनिमय’ र हेम बास्तोला ‘भावुक’को ‘नेपालीपन’ पनि प्रतियोगिताका लागि छनौट भएका कविताहरु हुन् ।
जेष्ठ ३ गते विहान ९ वजेदेखि शुरु हुने कविता प्रतियोगितामा श्रष्टाहरु स्वयंले आ–आफ्ना कविताहरु वाचन गर्नुपर्ने भनिएको छ ।
राष्ट्रिय कविता प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्त गर्ने श्रष्टा कविहरुलाई क्रमशः रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु ७ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता समापन कार्यक्रममा साहित्यकार जसराज किरातीलाई नगद रु ११ हजार १११ सहित ताम्रपत्रले सम्मान गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा मुन्दुम अध्यता भोगीराज चाम्लिङले किराँत दर्शन तथा डिआर पोखरेलले जोसमणि सन्तदर्शन सम्बन्धी दुईवटा कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आज हुने कार्यक्रमका लागि जेष्ठ २ गते नै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, रावा–सावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम वानियाँ तरंग, अनुसन्धानकर्ता डाक्टर कृष्णराज अधिकारी, मुन्धुम अध्येता डाक्टर भागिराज चाम्लिङ, अनुसन्धानकर्ता डिआर पोखरेल, कवि केशव सिलवाल, गजलकार संगिता थापा, कवि मिल्सन राई लगायत अन्य साहित्यकारहरु हलेसी आइसक्नुभएको आयोजकले जनाएको छ ।
[ यो पनि-दिक्तेलबजारमा राष्ट्रिय कविता प्रतियोगिताको आयोजना हुने }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !