कार्तिक २७, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं.८ धितुङका आगलागी पिडित भीमबहादुर कटवालको परिवारलाई राहत रकम र सामाग्रीहरु उपलव्ध गराईएको छ । आइतवार राती लक्ष्मीपुजा गर्ने क्रममा विध्युत सर्ट भएर घर आगलागी भै आश्रयविहिन बनेका कटवाल परिवारलाई आज जिल्ला विपद व्यवस्थापन समिति खोटाङले रु.१५ हजार राहत रकम र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङ तथा हलेसीतुवाचुङ नगरपालिकाबाट राहत सामाग्रीहरु उपलव्ध गराइएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले विपद व्यवस्थापन कोषबाट राहत रकम रु १५ हजार धितुङस्थित आगलागीबाट क्षतिग्रस्त घरमै पुगेर पीडितलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा हलेसीतुवाचुङ नगरपालिकाबाट अस्थायी आवासका लागि ४ वण्डल जस्तापाता र किलाकाँटी उपलव्ध गराइएको वडा नं. ८ धितुङका वडाध्यक्ष टेकराज राईले जानकारी दिनुभयो । वडाध्यक्ष राइका अनुसार नगरपालिकाबाट नै अन्य सामाग्रीहरु चामल ३ वोरा, दाल ३ केजी, चार पोका तेल, चिउरा २ केजी, नून २ केजि तथा मसला, ७ वटा थाल, १ वटा वाल्टी, १ सेट डाडुपन्यु, कुकर १ सेट, गिलास ७ वटा, कराइ १ वटा, इलेक्ट्रनिक चुल्हा १ वटा उपलव्ध गराइएको थियो । सुत्न बस्नका लागि सिरक २ वटा, डसना २ वटा, म्याट्रेस ५ मिटर, कम्वल ४ वटा, बेडकभर २ सेट समेत उपलव्ध गराइएको अध्यक्ष राईले बताउनुभयो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट पनि आगलागी पीडित परिवारलाई गैर खाध्य सामाग्रीहरु प्रदान गरिएको रेडक्रस शाखाका सभापति ज्ञानेन्द्र जोशीले बताउनुभयो ।
रेडक्रस शाखाबाट त्रिपाल १ थान, कम्वल ३ थान, म्याट्रेस २ वटा, साडी २ थान, भाडाकुडा एक सेट, वाल्टी २ वटा र केही लत्ताकपडाहरु उपलव्ध गराइएको रेडक्रस शाखाका मन्त्रि छत्रकुमार वजिमयले हलेसी एफएमलाई बताउनुभयो ।
यसैगरी नेपाल रेडक्रस उपशाखा धितुङबाट राहत रकम रु ३ हजार , धितुङ वडा कार्यालयबाट रु ५ हजार राहत रकम उपलव्ध गराईको वडाध्यक्ष राइले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस हलेसीतुवाचुङ नगरकार्य समिति र शिक्षक महासंघको तर्फबाट पनि रु १० हजार १२५ राहत रकम उपलव्ध गराइएको छ । आगलागी पीडित परिवारका लागि स्थानीय व्यक्तिहरु र कर्मचारीहरुबाट समेत रु ५० हजार राहत रकम उपलव्ध गराइएको जनाइएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा हलेसीतुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशी, रेडक्रस शाखा खोटाङका मन्त्रि छत्रकुमार बजिमय, हलेसीतुवाचुङ नगरपालिका वडा नं. ८ धितुङका वडाध्यक्ष टेकराज राई, स्थानीय प्रहरी चौकीका इन्चार्ज, स्थानीय जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।