आश्विन ०४, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
वाल सेवा समाज नेपाल नेर्पाले UNDP को सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडामा सञ्चलन भैरहेको महिला, दलित, अति विपन्न जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति लक्षित महत्वपूर्ण परियोजना कसैलाई पछि नपारौ ( Leave No One Behind –LNOB ) को सम्बन्धमा २ दिने तालिम सम्पन्न गरेको छ । राजनीतिक दलका प्रमुख तथा १ जना महिला प्रतिनिधिहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर समितिका महिला तथा दलित सदस्यहरु, वडाका महिला तथा दलित सदस्यहरुको सहभागितामा अशोज ३ गते संविधान दिवसको अवसर पारेर २ दिने तालिम सम्पन्न गरेको हो ।
हाल बढ्दै गएको सामाजिक तथा मानवीय जटिलता, पर्यावरणीय असन्तुलन र सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई ध्यानमा राखी विश्वका १९३ राष्ट्रहरुले सेप्टेम्बर २५, २०१५ का दिन देखि २०३० सम्ममा पुरा गर्नका लागि विभिन्न १७ वटा लक्ष्यहरुलाई आत्मसात गरेका छन् । जसलाई दीगो विकासका लक्ष्य (दी.वि.ल.) भनिएको छ । सन २०१५ मा संयुक्त राष्ट्र संघको साधारण सभाबाट अनुमोदन गरिएका १७ वटा महत्वाकाँक्षी दी.वि.ल. १५ वर्षमा पुरा गर्न विश्वव्यापी रुपमा १६९ वटा परिमाणात्मक लक्ष्य निर्धारण गरी यसको प्रगति मुल्याँकन गर्न २३२ सूचकहरु पनि तयार गरिएका छन् ।
सन् २०१५ सेप्टेम्वर २५ मा नेपाल सरकारले पनि पक्ष राष्ट्रको रुपमा सन् २०३० सम्ममा १७ वटा विभिन्न दिगो विकासका लक्ष्यहरु हासिल गर्ने प्रतिवद्धता जनाइसकेको छ । यसै गरी नेपालमा ति १७ वटा लक्ष्य पुर्तिका निम्ति ४७९ वटा सूचकहरु निर्धारित गरिएका छन् । यसरी निर्धारण गरिएका १७ वटा लक्ष्यहरु एक–आपसमा अन्तररसम्बन्धित छन् ।
यसरी नेपाल सरकार पनि उक्त लक्ष्य प्राप्तिमा केन्द्रित भइरहेको सन्दर्भमा UNDP को सहयोगमा खोटाङ जिल्लामा भने वाल सेवा समाज नेपालमार्फत कसैलाई पछि नपारौँ परियोजना कार्यान्वयनमा ल्याइएको हो ।
विशेष गरी अति विपन्न घर परिवार, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिला, असक्त, असहाय दलित घर परिवार, बञ्चितिकरण, बहिष्करण, हिंसा पिडित र जोखिममा परेका वर्ग र समुदायको न्याय, स्रोत, अवसर, शासन र प्रशासनमा पहुँच स्थापित गर्न सबै सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिकाको सन्दर्भलाई लिएर यो परियोजना कार्यान्वयनमा रहेको छ ।
परियोजनाले सामाजिक समावेशीकरणमा जोड दिदैं बञ्चितिकरण र बहिष्करणमा परेका, राज्यद्वारा प्रदत्त हक, अधिकार, सेवा सुविधा र अवसरबाट बञ्चित, राज्यको मुल धारमा समाहित हुन नसकेका, स्रोत साधनबाट पाखा लागेका, पछाडि परेका र पारिएका वर्ग र समुदायको अर्थपूर्ण राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक सहभागिताको पक्षमा वकालत गर्दछ । यस्ता वर्ग र समुदायको न्यायोचित र अर्थपूर्ण सहभागिताको लागि स्थानीय सरकार, राजनीतिक दल, मिडियाकर्मी तथा आम सरोकारवालाहरुको सहकार्य, समन्वय र सक्रियताको महत्वपूर्ण भूमिका रहने संस्थाको दावी छ ।
परियोजनालाई थप प्रभावकारी कार्यान्वयन गर्ने उद्धेश्यले राजनीतिक दल, जनप्रतिनिधि, मिडयाकर्मी लगायत लक्षित समुदायका प्रतिनिधिहरुलाई सहभागी गराएर वाल सेवा समाज नेपाल नेर्पाले परियोजनाका विषयमा तालिमका साथै जानकारी दिइन थालिएको हो ।
अशोज ३ र ४ गते सम्पन्न तालिममा परियोजनाको जानकारी, सामाजिक समावेशीकरण, अपांगता, अपांगताका समस्या र चुनौतिहरु, वजेट निर्माण, तर्जुमा प्रकृया र निर्णय निर्माण सम्बन्धि तालिम प्रदान गरिएको छ । तालिमको सहजिकरण वाल सेवा समाज नेपाल, नेर्पाका प्रवन्ध निर्देशक युवराज रिजालले गर्नुभएको थियो ।
परियोजना कार्यान्वयनकै क्रममा यस अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरु तथा विभिन्न संघ संस्थामा आवद्ध सरोकारवाहरुलाई परियोजनाको अभिमुखीकरण र सामाजिक समावेशीकरण सम्बन्धी तालिम प्रदान गरिसकेको छ भने जिल्ला स्थित विभिन्न स्थापित मिडिया तथा एफ.एम. रेडियो र स्थानीय तथा राष्ट्रिय छापा तथा विद्युतीय सञ्चार माध्यमका १८ जना पत्रकारहरुलाई पनि यस विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।