आश्विन ०५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
विध्यालय व्यवस्थापन समिति गठन
शुन्तले—खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. २ शुन्तलेस्थित जिउ माध्यामिक विध्यालयको विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी फडिराज तिमिल्सिना सर्वसम्मत चयन हुनुभएको छ । अशोज ४ गते शुक्रवार भएको अभिभावक भेलाबाट व्यवस्थापन समितिका अध्यक्षमा तिमिल्सना सर्वसम्मत चयन हुनुभएको हो ।
कक्षा १० सम्म अध्याययन अध्यापन गरिने जिउ माविमा सो वडा र आसपासका गाउँ तथा उदयपुरका सिमा छेत्रहरुबाट समेत विध्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् । यस अगाडि सोही गाउँका लाखमान राई विव्यास अध्यक्षमा हुनुहुन्थ्यो भने नवनिर्वाचित तिमिल्सना २०६४ सालदेखि २०६७ साल सम्म सो विध्यालयको विव्यास अध्यक्षको जिम्मेवारी सम्हाली तत्पश्चात निरन्तर व्यवस्थापन समितिको सदस्यमा रहदै आउनु भएको थियो ।
शिक्षकको निधनप्रति पालिकाद्धारा दुःख व्यक्त गर्दै एकदिन शैक्षिक संस्था विदा गरिने
साउनेचौर—खोटाङको बाराहापोखरी गाउँपालिकाले एक शिक्षकको निधनप्रति दुख व्यक्त गर्दै गाउँपालिकाभित्रका सबै शैक्षिक संस्थाहरुमा अशोज ६ गते १ दिन बिदा दिने निर्णय गरेको छ । बाराहापोखरी गाउँपालिका वडा नं. ३ साउनेचौरस्थित जनविकास माध्यामिक विध्यालयमा प्राथमिक शिक्षकको राहत दरवन्दिमा कार्यरत शिक्षक राजकुमार बन्जाराको अशोज ४ गते निधन भएकोले गाउँपालिकाले दुख व्यक्त गर्दै सोही दिन बैठक बसी अशोज ६ गते पालिकाभित्रका सबै शैक्षिक संस्थाहरुमा १ दिन विदा दिने निर्णय गरिएको गाउपालिका अध्यक्ष शालिकराम बन्जाराले बताउनुभयो ।
साउनेचौर ठुलिवेशि निवासी बन्जारा सो गाउँपालिकाभित्र एकजना निष्ठावान शैक्षिक अभियन्ताका रुपमा चिनिनु हुन्थ्यो । उहाँले यस अगाडि पनि सोही वडामा सञ्चालित गैयास्थान आधारभूत विध्यालयमा लामो समयसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै शैक्षिक सेवा प्रदान गरिसक्नुभएको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।