फागुन २०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङ चुइचुम्मा गउँपालिकामा आगामी चैत्र २९ र ३० गते खुल्ला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिने भएको छ । दिप्रुङचुईचुम्मा गाउँपालिकाका सर्जक श्रष्टाहरुको पहलमा गठन भएको दिप्रुङचुइचुम्मा प्राज्ञ समाजद्धारा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आगामी चैत्र २९ र ३० गते गाउँपालिकाको सभाहलमा खुल्ला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिने भएको हो ।
प्राज्ञ समाजले प्रतियोगितामा समावेश हुने कविताहरु मौलिक, अप्रकाशित, अप्रशारित र यसभन्दा अगाडि कुनै प्रतियोगितामा समावेश नभएको हुनुपर्ने जनाएको छ । छन्दवद्ध या छन्दमुक्त दुवै खालका कविताहरु प्रतियोगितामा समाविष्ट गरिने समाजले जनाएको छ । रचनाहरु चैत्र ५ गते भित्र आयोजकलाई उपलव्ध गराउँन भनिएको छ ।
आयोजकलाई प्राप्त रचनाहरु प्रतियोगितामा सहभागी गराउनका लागि छनौट गरिने र चैत्र १५ गते सूचना प्रशारण गरी छनौट भएका कविताहरुको जानकारी गराइने आयोजकको भनाइ छ ।
प्रतियोगितामा प्रथम विजयी रचनालाई रु ३० हजार, द्धितिय पुरस्कृत रचनालाई २० हजार, तृतीय पुरस्कृत रचनालाई १० हजार र सान्त्वोना घोषित दुई रचनाहरुलाई रु ५/५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने दिप्रुङचुइचुम्मा प्राज्ञ समाजका अध्यक्ष नरेन्द्र निर्विकारले हलेसी एफएमलाई जानकारी गराउनु भएको छ । उहाँका अनुसार छनौटमा परेका सबै कविताहरुका लागि स्रष्टाहरुलाई प्रशंसापत्र प्रदान गरिनेछ ।
सहभागी कविहरुका लागि खाना तथा आवासको व्यवस्थापन आयोजकको तर्फबाट हुने थाहा भएको छ ।
थप जानकारी
रचना का लागि ईमेल ठेगाना—[email protected]
ह्वाट्सअप—9862978405
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !