बैशाख १६, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन भैरहेका विध्यालयहरुबाट प्रतिनिधिमूलक सहभागिता गराई स्थानीय पाठ्यक्रम परिमार्जन तथा सहजकर्ता उत्पादन कार्यशाला सम्पन्न गरेको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सबै वडाहरुका माध्यामिक, आधारभूत र प्राथमिक विध्यालयबाट प्रतिनिधिमूलक सहभागीता गराई बैशाख १४ र १५ गते २ दिने स्थानीय पाठ्यक्रम परिमार्जन तथा सहजकर्ता उत्पादन कार्यशाला सम्पन्न गरिएको हो ।
नगरपालिकाद्धारा वि.सं. २०७८ सालमा पहिलोपटक प्रकाशनमा ल्याइएको स्थानीय पाठ्यक्रमलाई समयानुसार परिमार्जन गर्दै लैजान मार्गदर्शन दिलाउने उद्धेश्यले यो कार्यशाला राखिएको जनाइएको छ । पन्ध्र वडा रहेको नगरपालिकाले यसअघि तयार पारिएको स्थानीय पाठ्यक्रम अन्तरगत कक्षा–१ देखि ५ कक्षासम्मको ‘दिरुम ज्ञानमाला’ लाई नगरभरीका विद्यालयमा पठनपाठन गर्दै आएको थियो भने अब हरेक विद्यालयमा आ–आफ्नै विशिष्टतामा आधारित रहेर स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउने कार्यमा सहजीकरण गर्न सक्ने सहजकर्ता तयार गर्न दुई दिने कार्यशालाले सहयोग पुराउने नगरप्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ ।
कार्यशालामा विध्यालयहरुमा स्थानीय पर्यटन, संस्कृति धार्मिकस्थल लगायत जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई समेटेर जीवनमूखी पाठ्यक्रम तयार गरिनुपर्नेमा जोड दिइएको थियो । त्यसैगरी स्थानीय जनजातिको प्रयोगमा आइरहेको विभिन्न भाषाभाषिहरुको प्रवद्र्धनमा सहयोग पुग्ने गरी पाठ्यक्रमलाई परिमार्जन गर्न सहभागीहरुको सुझाव प्राप्त भएको थियो ।
शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा नगरपालिकाद्धारा गठन गरिएको शिक्षा सुधार कार्यदलको सहयोग र समन्वयबाट हरेक वडाबाट ३/३ जना सहजकर्ता उत्पादन गर्ने सोँचका साथ कार्यशालाको आयोजना गरिएको थियो ।
दिक्तेल सोल्मास्थित शुभम फाउण्डेशनमा भएको दुई दिने कार्यशालामा विव्यास अध्यक्ष, प्रअ र शिक्षकहरुमध्येबाट सन्तुलित रुपमा प्रतिनिधिमूलक सहभागीता गराइएको नगरपालिकाले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !