श्रावण ०२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा जिल्ला प्रहरी कार्यालयले पिडित परिवारहरुको घरघरमा पुगेर उनीहरुको अवस्था बुझ्ने, मनमा रहेको त्रास न्युनिकरणका साथै कानूनी परामर्श दिने लगायतका कामहरु गर्दै पिडित पुनः भेटघाट कार्यकमको शुरुवात गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले गत आषाढ १ गतेदेखि सञ्चालन गरेको पिडित पुनः भेटघाट कार्यक्रमकै क्रममा सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित क्याम्पसडाँडा चोरी घटनाबाट पीडित बनेकी ४२ बर्षीया शान्ता राईको परिवारलाई भेट गरेर सामाजिक मनोपरामर्श गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
चोरी सम्बन्धि कसुर मुद्धामा पिडित राईको घरमा प्रहरी टोली पुगेर अदालतबाट पिडकलाई तीन वर्ष कैद सजाय, रु.३० हजार जरिवाना तथा पीडित राहत कोषमा रु.१२ सय समेत जम्मा भएको बारेमा जानकारी गराइएको थियो ।
पीडितहरुले आफ्नो हराएको सामानको क्षेतिपूर्ती नपाएको र प्रहरीले गर्नु पर्ने सम्पूर्ण प्रकृया पूरा गरेता पनि अदालतबाट भएको फैसलामा चित्त नबुझेको प्रतिकृया दिएका थिए । पिडित पक्षको थप प्रतिकृया थियो– ‘ पीडकको तर्फवाट कुनैपनि दवाव तथा हस्तक्षेप भएको छैन, हाल यस एरिया ईलाकामा पुनः कुनै पनि किसिमको यस्ता घटनाहरु घटेको छैन, तपाईहरुले गर्नु भएको पीडित पुनः भेटघाट कार्यक्रमले हामीलाई सान्त्वना मिलेको छ ।’
जिल्ला प्रहरी कार्यालय खोटाङबाट सामुदायिक प्रहरी साझेदारी अन्तर्गत संचालन भएको पीडित पुनः भेटघाट कार्यक्रम अन्तर्गत हालसम्म जिल्लाका ७० जना पीडितहरुलाइ प्रत्यक्ष भेट गरेर उनीहरुको अवस्था, घटनाको कानूनी कार्यवाहीको अवस्था र कानूनी उपचारको बारेमा उनीहरुसँग परामर्श लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पीडित पुनः भेटघाट कार्यक्रमबाट विभिन्न अपराधिक ब्यक्तिहरुबाट पीडित हुन पुगेकाहरुलाई कार्यक्रम मार्फत भेटघाट गरी व्यक्तिगत सुरक्षा, पिडक पक्षबाट हुने संभावित दवाव, न्यायिक प्रगति विवरण तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडितले प्राप्त गर्ने विभिन्न अधिकारको जानकारी दिइनुका साथै अपराधबाट सृजित असहजतामा पीडितले भोग्नु परेको पीडा र ब्यहोर्नु परेको क्षतिलाई राहतमा परिणत गर्नु, पीडालाई न्यून गर्नु, पीडितलाई Hostile हुनबाट रोक्नु र अपराधको पुनः सम्भावनालाई निरुत्साहित गर्न पर्याप्त सहयोग पुगेको प्रहरी उच्च श्रोतले जनाएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।