चैत्र २५, २०७९ , Kepilash Rum
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको केपिलासगढी गाउँपालिकाले खोलामा करेण्ट तथा विषादी लगाएर माछा मार्न बन्देज गरेको छ । स्थानीय रावा खोला, ताप खोलामा करेन्ट तथा विषादी लगाएर माछा मार्ने काम भैरहेकोले सो कामबाट जल तथा पर्यावरणमा प्रतिकूल प्रभाव पर्न गैरहेको हुँदा अनाधिकृत रुपमा माछा मार्न बन्देज लगाइएको जनाइएको छ ।
पालिकाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै जलाधार क्षेत्रको जैविक विविधतामा ह्रास आउनेगरी माछा मार्ने काममा रोक लगाएको हो ।
रावा तथा ताप खोला माछाका लागि प्रशिद्ध मानिन्छ । स्थानीयवासीहरुले जाल तथा स्थानीय प्रविधिबाट माछा मारेर अर्थोपार्जन समेत गर्दै आएका छन् । तर यता केही वर्षदेखि त्यहाँ विध्युतीय उपकरण तथा विषादी प्रयोग गर्दै माछा मार्ने क्रम तिव्र रुपमा वढ्न थाले पछि त्यहाँको सबै खाले जलचरको अस्तित्वमा नै संकट पर्ने तथा पर्यावरणमा समेत प्रतिकूल प्रभाव पर्ने देखिएकोले यस्तो कार्यमा बन्देज लगाउन वाध्य भएको पालिका अध्यक्ष समिर राईले जनाउनुभयो ।
यस अगाडि रावावेशी गाउपालिकाले पनि सार्वजनिक सूचना जारी गर्दै रावा खोलामा करेन्ट तथा विषादी प्रयोग गरेर माछा मार्न बन्देज लगाई सकेको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।