कार्तिक २४, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेपालीहरुको अर्को महत्वपूर्ण चाँड तिहारको रमझमले गाउँ शहर छोपिसकेको छ । उज्यालो वत्ति र रङ्गिन फूलहरुको पर्व मानिने दिपावलीले चेली र माइतिको सम्बन्धलाई युगयुगसम्म प्रगाढ एवं जिवन्त गराउने विश्वास गरिन्छ ।
यो पर्व कात्तिक कृष्ण पक्ष त्रियोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाईन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।
यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको धिार्मिक मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
यसरी रमाइलो गरी मनाइने तिहार अर्थात दिपावलीको अवसरमा कहिलेकाही असावधानीवस अपृय घटना घट्न गई जीवनभरि पछुताउने अवस्था पनि सिर्जना हुनेगर्दछ । यो वेला केटाकेटीहरु पटका, आतसवाज खेलाएर आगलागीको शिकार हुनपुगेकाछन् । त्यस्तै अत्यधिक मदिरा सेवन, जुवातास जस्ता खेलहरु खेलेर रमाइलो गर्न खोज्दा उठीवास हुनुपरेका घटनाहरु पनि सुन्न पाइन्छ । यिनै दुर्घटनाहरु नघटुन भनेर सरकार या स्थानीय प्रशासनहरुले आ-आफ्नो क्षेत्रमा जनतालाई सचेत गराउने गर्दछन् ।
जिल्ला प्रशासन कार्यालय खोटाङले पनि शुक्रवार एक सार्वजनिक विज्ञप्ति मार्फत सबैलाई दिपावलीको शुभकामना व्यक्त गर्दै दिपावली पर्वलाई दुर्घटनारहित बनाउन सचेत गराउँदै अनुरोध समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा दिपावलीको अवसरमा राती १० वजेसम्म मात्र देउसी भैलो खेल्न पाइने, आतिसवाजी, पटका जस्ता विष्फोटक पदार्थहरु ओसार पसार बिक्री वितरण तथा प्रयोग नगर्ने, नगराउने, मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुव्यवस्थामा असर नपुराउने, कसैले त्यस्तो हर्कत गरेको पाइएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा खवर गर्ने, उज्यालोको पर्व तिहारलाई झिलिमिलि बनाउने तथा लक्ष्मी पुजा गर्ने क्रममा थोरै मात्र असावधानी अपनाउँदा ठूलो धनजनको क्षति हुने हुँदा घर, गोदाम , कार्यालय, उध्योग पसल आदिमा विशेष ध्यान पुराउने, मनोरञ्जन तथा रमाइलो गर्ने क्रममा जुवा तास सट्टेवाजी चिठ्ठा जस्ता क्रियाकलाप नगर्ने÷गराउने, चाँडपर्वमा उपभोग हुने रोटी, मिठाई जस्ता खाध्यवस्तुमा विभिन्न प्रकारका अखाध्य तथा अस्वस्थ र गुणस्तरहीन बस्तु मिलाई विक्री वितरण नगर्ने/नगराउने अनुरोध गरिएको छ ।
विज्ञप्तिमा माथि उल्लेख गरिएका कुराहरुको अवज्ञा गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत व्यहोरा अवगत गराइएको छ ।
जिल्ला प्रशासनद्धारा जारी सूचना
pp
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !