मंसिर २५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा अप्रेशन सहित निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । फेमली केयर हस्पिटल दिक्तेल तथा नव दृष्टि आँखा हस्पिटल इटहरी–४ सुनसरीको आयोजनामा मोतिबिन्दुको कारणले आँखा नदेख्ने भएका विरामीहरुलार्ई पौष १२ गते देखि १४ गते ३ दिनसम्म फेमली केयर हस्पिटल दिक्तेलमा अप्रेशन सहित निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।
पौष १२, १३ र १४ गते ३ दिन बिहान १० बजे देखि दिउसो ३ बजे सम्म सञ्चालन हुने शिविरमा आँखा विशेषज्ञ डा. सुवास पोखरेलद्धारा अप्रेशन गरिने जनाइएको छ ।
शिविरमा उपलव्ध हुने सेवाहरु आँखा अप्रेशन पश्चात कालो चस्मा र औषधि निःशुल्क वितरण गरिने आयोजक नवदृष्टि आँखा हस्पिटलले बताएको छ ।
आँखा कमजोर भएकाहरुका लागि २० प्रतिशत सहुलियत छुटमा चस्मा वितरण गरिनेछ भने अप्रेशन गर्नुपर्ने बिरामीहरुलार्ई निःशुल्क ल्याप टेष्ट गरिने आयोजकले बताएकोछ ।
नवदृष्टि आँखा हस्पिटल इटरी–४ सुनसरीका नेत्र विशेषज्ञ डा. सुवास पोखरेलले आँखाको दृष्टि क्षमताका सम्बन्धमा स्पष्ट पार्दै भन्नुहुन्छ—‘दृष्टिको लागि आँखा भित्रको लेन्स पारदर्शी हुनु जरुरी छ । जसरी झ्यालको सिसा सफा हुँदा प्रकाश राम्रोसँग कोठामा आउँछ र सफा नहुँदा आउंँदैन, त्यसरी नै आँखाको लेन्स सफा नभएमा आँखाभित्र पर्ने प्रकाश कम हुन्छ र दृष्टि कम हुँदै जान्छ ।’
डा. पोखरेलका अनुसार साधारणतया मोतिविन्दुको समस्या जीवनको उत्तरार्द्धमा देखा पर्नथाल्छ । उहाँ भन्नुहुन्छ—‘उमेर बढ्दै जाँदा आँखाको लेन्स अपारदर्शी हुँदै जान्छ र धेरै नै असर भएपछि दृष्टि कम हुँदै जान्छ । यो एक प्रकारको उमेरसँग आउने परिर्वतन हो । जसरी उमेर बढेपछि छालामा चाउरी पर्ने, कपाल सेतो हुने हुन्छ, त्यसरी नै आँखामा पनि मोतिविन्दु बढ्न थाल्छ ।
मोतिविन्दु अन्धोपनको कारणमध्ये एक प्रमुख कारण हो, तर उपचार गर्न सकिने रोग पनि हो । खोटाङ जिल्लामा मोतिबिन्दुका कारण दृष्टिविहीन नागरिकहरुका लागि यो शिविर अत्यन्त महत्वपूर्ण हुने आयोजकको भनाई छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान