भदौ २५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
जननायक वीपी कोइरुालाको ११० औँ जन्म जयन्ति देशका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार काठमाण्डौँमा भाद्र २४ गतेदेखि तीन दिन वीपी साहित्य सम्मेलनको आयोजना गर्दै ११० औँ वीपी जयन्ति मनाइदैछ । खोटाङ कांग्रेसले पनि जिल्ला सभापति विष्णुकुमार राईको सभापतित्वमा आइतवार वीपी स्मृति भवन दिक्तेलवजारमा ’बर्तमान नेपाली राजजीति र वीपी विचारको सान्दर्भिकता’ विषयक अन्तरकृया गर्दै ११० औँ वीपी जयन्ति मनाइएको हो ।
सामज रुपान्तरणका लागि आफैँबाट रुपान्तरण हौँ भन्ने नाराका साथ पूर्व महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका केन्द्रिय सदस्य रोजन राईले सञ्चालन गर्नुभएको अन्तरकृया कार्यक्रम सभापतिका आसन ग्रहण पछि सबैलाई एकैसाथ आसन ग्रहण गराइएको थियो । कार्यक्रम शुरु गर्नु अगाडि सम्बोधनमा लामो समयको खर्च नगर्ने, बोल्दा पाँच मिनेट भन्दा वढी समय बक्ताहरुले नलिने, आसन ग्रहण सबैको एउटै फ्लोरमा गराइने जस्ता आचार संहितालाई पालना गर्न जानकारी गराइएको थियाें ।
अन्तरकृया कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि तथा खोटाङ कांग्रेसका नेता सुवासकुमार पोखरेलले समाज रुपान्तरणका लागि राजनीति गर्नेहरुले सर्वप्रथम व्यवहारमा आफैँ रुपान्तरण हुने, तवमात्र समाजले नेताहरुमा विश्वास गर्नेछन् भन्दै ११० वर्ष अगाडि जन्मिनुभएका वीपी कोइराला आजसम्म पनि सबैको आस्था र विश्वासको पात्र हुनुमा उहाँले जीवनमा गर्नुभएको कर्मका कारण हो भन्नुभयो ।
वौद्धिक व्यक्तित्व पवन थापाले राजनीति अत्यन्त विकृत हुदै समाजलाई नै दुषित बनाउन थालेको वर्तमान अवस्थामा खोटाङबाट नै राजनीतिलाई शुद्धिकरण गराउन नेपाली कांग्रेसका साथीहरुले हिम्मत गर्नु जरुरी देखेको बताउनुभयो ।
खोटाङ कांग्रेसका उपसभापति इवन राईले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै आजबाट नै सबैले वीपी विचारको अध्ययन र व्यवहारमा कार्यान्वयन गर्न इमानदार हुनु जरुरी छ भन्नुभयो । नत्र औपचारिक रुपमा जयन्ति मनाएर अरु वेला एकार्कालाई गाली गर्दै बसेर कांग्रेस हौँ भन्नुको अर्थ नरहेको बताउनुभयो । आजैदेखि सामाजिक सञ्जालको दुरुपयोग गर्दै एकार्कामा हिलो छ्याप्ने गलत आचरण सबैले सुधार्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि सुमनवावु आचार्य, सचिव समिर राई, नेपाली कांग्रेसका जिल्ला सदस्य विष्णुराज राई, जिल्ला सदस्य शरणकुमार राई, जिल्ला सदस्य अनुष्का बस्नेत, प्रदेश निर्वाचन क्षेत्रीय सभापति राजेन्द्र राई, नेपाली कांग्रेस पालिका कार्य समिति सभापति फटिककुमार श्रेष्ठ, नेपाल तरुण दलका केन्द्रिय सदस्य भिषण राई, नेवि संघका केन्द्रिय सदस्य नइन्द्र राई, तरुण दल जिल्ला अध्यक्ष काजीमान राई, नेवि संघ जिल्ला अध्यक्ष मोतिचन्द्र राई लगायतले जननायक वीपी कोइरालाको जीवनी र उहाँको राजनैतिक साहित्यिक योगदानका वारेमा चर्चा गर्नुभएको थियो ।
विक्रम सम्वत १९७१ भाद्र २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मिनुभएका वीपी प्रजातान्त्रिक लडा्रइमा लड्दा लड्दै विक्रम सम्वत २०३९ श्रावण ६ गने दिवंगत हुनुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !