बैशाख २८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
बिस्तारै गर्मी बढेसँगै विभिन्न संक्रमणजन्य रोगको जोखिम बढ्न थालेको छ । गर्मीसँगै वर्षाद शुरु भएपछि औलो, डेंगी, जण्डिस, झाडापखाला, हैजालगायत रोगको जोखिम धेरै हुने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पूण्यप्रसाद सिग्देलले हलेसी एफएमलाई बताउनु भएको छ । उहाँका अनुसार लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगसँगै दूषित पानी, सरसफाइको कमीका कारण संक्रामक रोग फैलिने जोखिम धेरै रहने उहाँको भनाई छ ।
यो बेला विभिन्न संक्रमणजन्य रोग लाग्ने भएको हुदा खाने कुरामा पनि बिशेष ध्यान दिनुपर्ने स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । रोगबाट बच्नको लागि सडेगलेको नखाने, सागसब्जी राम्रो गरी पखालेर मात्र खाने, आफ्नो बालबालिकालार्ई जन्मे देखि २ बर्ष सम्म लगाउने खोप अनिर्वाय लगाउने, खाना खानु अघि सफासँग साबुनपानीले हात धुनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलको सुझाव रहेको छ ।
प्रमुख सिग्देलका अनुसार गर्मी बढेकाले यतिबेला प्रशस्त मात्रामा शुद्धिकरण गरिएको वा उमालेको पानी मात्र खाने र प्रसस्त फलफूल खानुपर्ने हुन्छ । यो बेला औलो, डेंगी, जस्ता रोगबाट जोगिन लामखुट्टे र भुसुनाको टोकाइबाट बच्न घर वरिपरिका झाडी तथा खाल्डाखुल्डी पुर्ने, घर बस्दा पूरा बाहुला भएको कपडा लगाउने र लामखुट्टे तथा भुसुनालाई भगाउने खालका औषधिको प्रयोग गर्ने, राती सुत्ने वेलामा झुल राम्रो सित लगाएर मात्र सुत्ने, बेलाबेलामा चेकअप गराउने र बिरामी भैहालेमा नजिकको स्वास्थ्य संस्थामा गएर जँचाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी प्रयोग गर्ने स्वास्थ्य कार्यालय दिक्तेल खोटाङका प्रमुख सिग्देलले बताउनु भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !