बैशाख १३, २०८१ , खोटाङ
‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’ –प्रनाउ खड्का
हलेसीन्युजडेस्क, खोटाङ /
सुख्खा मौसम र हावाहुरिका कारण देशका विभिन्न ठाउँमा डढेलो तथा आगलागीको प्रकोपले आक्रान्त गराएको छ । यसैगरी खोटाङको विभिन्न स्थानमा डढेलो तथा आगलागीबाट करोडौँको भौतिक तथा चौपायाको क्षति भएको छ भने एक जना वृद्धले डढेलोका कारण ज्यान समेत गुमाएको समाचार प्राप्त भएको छ ।
पछिल्लो समाचार अनुसार बैशाख १२ गते जंगलमा लागेको डढेलो अनियन्त्रित हुदै वस्तिमा फैलिएपछि वाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा ११ परिवारका १३ घर जलेर नष्ट भएको छ ।
विभिन्न सामुदायिक वनमा लागेको डढेलो फैलदै गाउँलाई समेत लपेटेपछि मानिस रहदै आएको १० घर र मानिस नरहेको ३ घर डढेलोबाट जल्न पुगी खरानी बनेको छ । यसैगरी सोही ठाउँका ७ मतान, २ गोठ, १ बाख्रा खोर र १ भान्छा घरलाई समेत डढेलोले पूर्ण रुपमा क्षति पुराएको छ ।
डढेलोका कारण भिरगाउँका मोहनलाल थापा मगरको घर तथा मतान, पूर्णबहादुर मगरको घर तथा ३ वटा मतान, भद्रसिं मगरको घर र दुईवटा गोठ, सुवास थापा मगरको घर, मतान र मदन थापा मगरको घर जलेर क्षति पुगेको प्रहरी श्रोतले जनाएको छ ।
यस्तै डान्सिङटारका गंगामाया मगरको दुइवटा घर र दुई वटा मतान, ४० बाख्रा, आधा तोला सुन , नगद रु ५० हजार लगायत जलेर क्षति पुगेको छ ।
यता खोर्सानेका सुमन मगर र गहतेका लेखराज खतिवडाको घरलाई पनि डढेलोले क्षति पुराएको थाहा भएको छ ।
डढेलोबाट डाँडाखर्कका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बस्न छाडिएका घर समेत जलेको जनाइएको छ । यसैगरी खोर्सानेका बसोवास गर्न छाडिएको छत्रकुमार राईको घर पनि जलेको छ भने भन्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर समेत जल्न पुगेको जनाइएको छ ।
गाउँको आसपास जंगलबाट डढेलो चारैतिर फैलिदा समग्र गाउँवासी नै आक्रान्त बनिरहेको स्थानीय नेता भुवन श्रेष्ठ बताउनुहुन्छ । अग्निपीडित परिवारका लागि रेडक्रस र सम्बद्ध निकायहरुलाई तत्काल राहत उपलव्ध गराउन समन्वय भैरहेको पनि उहाँले बताउनुभयो ।
यसैगरी साकेला गाउँपालिका वडा नं.४ मात्तिमका नारदमुनि खड्काको बैशाख १२ गते खोले पकाउने क्रममा गोठमा आगो सल्कि पूर्ण रुपमा खरानी बनेको छ । गोठ जल्दा त्यहाँ बाँधिएको एउटा गाई र वाछी जलेर नष्ट हुन पुगेको थाहा भएको छ ।
यस्तै हलेसीतुवाचुङ नगरपालिका वडा नं.४ बडहरेस्थित तल्लो खोक्सेलीमा समेत बुधवार जंगलमा लागेको भिषण डढेलो फैलिएर बस्तिका घरहरुलाई जलाएको बुझ्नमा आएको छ । चार घरहरु पूर्ण रुपमा जलेको जनाइएको छ ।
सोही दिन रावावेशी गाउँपालिका वडा नं. १ कुभिण्डे हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको डढेलो निभाउन खोज्दा ज्यान गएको समेत समाचार प्राप्त भएको छ ।
यो समय पानी नपरेर खडेरीसँगै हावाहुरिको चाप बढेकोले आगोको सानो झिल्को पनि डढेलोको लागि पर्याप्त हुने हुँदा सबैले अत्यन्त सजग रहनुपर्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का बताउनुहुन्छ ।
उहाँको थप भनाई छ –‘यतिखेर सुख्खा याम र हावाहुरिको सिजन भएकोले सबै तिर डढेलो र आगजनीको घटनाहरु घटिरहेकाछन् । कतिपय अवस्थामा जनचेतनाको कमिका कारण यस्तो दुःखद घटना व्यहोर्नु परेको छ । मानिसहरु वनपाखामा ढडेलो लगाउदा हरियो घास पलाउँछ भनेर पनि जानी जानी डढेलो लगाउँछन, जसका कारण ठूलो क्षति भएको छ । सलाई, लाईटर जथाभावी राख्दा केटाकेटीले भेटेर खेलाउँदा पनि यस्तो हुन्छ, यसकारण उनीहरुले हत्तपत्त नभेट्ने ठाउँमा राख्नुपर्छ, चुरोट विडी खाएर जथाभावी फाल्ने कारण पनि त्यसबाट सल्कदै आगलागी हुनेगर्छ । यसकारण यस्ता कुराहरुमा धेरै सजग रहनुपर्छ । विध्युत शर्ट हुन गएर पनि कतिपय ठाउँमा आगलागी भैरहेको छ । वाईरिङ गर्दा राम्रो गर्नु प-यो, मोबाईल चार्ज गर्दा, भान्साघरमा ग्याँस सिलिण्डरको प्रयोगमा पनि ग्याँस लिक हुनसक्छ, यस्ता कुराहरुमा सजग रहनु अनिवार्य छ ।’
निमेष भरमा मानिसलाई बेघर बनाउने डढेलो र आगलागीको कारण खोज्दै जाँदा स्वयं मानिस र उसको असावधानी नै फेला पर्ने हुँदा यो समय आगोको प्रयोगमा अत्यन्त सजगता र सावधानी अपनाउनुको विकल्प नरहेको तथ्यलाई सबैले मनन गर्नु जरुरी देखिन्छ ।
कतिपय प्राकृतिक विपत्ति मानिसको काबु बाहिरका हुन्छन् । जस्तो हावाहुरि, चट्याङ, वाढी पहिरो, भुकम्प आदि, तर डढेलो केवल मानिसको असावधानी र जनचेतनाको कमीका कारण हुने घटना हो । यसको नियन्त्रण मानिसबाट मात्रै सम्भव छ ।
मानिसका कारण स्वंय मानिस बेघर बन्दै
[ यो पनि--डढेलोका कारण आज पनि वस्तिका केही घर बन्यो खरानी }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !