फागुन २०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
मन्त्री सुदन किरातीले मुलुकमा भएका भ्रष्टाचारको अन्त गरी सुशासन कायम गर्नु सरकारको मुख्य उद्धेश्य रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलवजारमा प्रेस सेन्टर नेपाल, खोटाङद्धारा आज आयोजित पत्रकार सम्मेलनमा उहाले यस्तो बताउनु भएको हो ।
मन्त्री किरातीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संघीय ऐन कानूनहरु छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै आजै संघीय संसदमा पेश हुने पनि बताउनुभयो । गठबन्धन सरकारको अझ पनि औचित्यता कायम रहेको बताउँदै उहाँले यस सम्बन्धमा हाल उठीरहेको केही सवालहरुका बारेमा भने निर्मम बनेर समिक्षा गर्नु जरुरी रहेकोमा जोड दिनुभयो । यसरी समिक्षा नगर्ने हो भने यसमा अरु विकृति बढ्न सक्ने तर्फ उहाँले औल्याउनुभयो ।
यसैगरी नेपालको सबैभन्दा ठूलो शत्रु नै गरिवी, बेरोजगारी, अशिक्षा, रोग रहेको बताउदै उहाले यसका विरुद्धमा सरकार मात्र होइन सबैले साझा दुश्मन किटान गरी एकतावद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । यसका लागि गठबन्धन मात्र होइन राष्ट्रिय सहमतिका साथ राष्ट्रिय सरकार बनाउन पनि तयार हुनुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसी, किराँत समुदायको उद्गमस्थल तुवाचुङ–जयाजुम, बराहपोखरी, जन्तेढुङ्गा, मझुवागढी लगायतका धार्मिक तथा ऐतिहासिकस्थलहरुको पर्यटन प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ । उहाँले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयबाट विनियोजित बजेटलाई सही तरिकाले कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ ।
मन्त्री किराती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ‘सोल्मा स्पोर्टस् क्लब सोल्मा’द्धारा आयोजना गरिएको ‘अण्डर–२३ पुरुष फुटबल प्रतियोगिता’ समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आउनुभएको हो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !