बैशाख ०६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘साविक वडा स्तरीय खुल्ला पुरुष भलिवल तथा साँस्कृतिक कार्यक्रम प्रतियोगिता’ सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद–राष्ट्रका लागि खेलकुद” भन्ने मूलनाराका साथ खोटाङ स्पोर्ट क्लवद्धारा वडा नं. ५ लाफ्याङस्थित बास्तोला गाउँको खेलमैदानमा भलिवल प्रतियोगिताका साथ विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी बुधवार सम्पन्न गरिएको हो ।
बैशाख ३ गतेबाट सञ्चालन भएको भलिवल, खुल्ला नृत्यसँगै अन्य विविध प्रतियोगितात्मक कार्यक्रमको समापन स्थानीय जेष्ठ नागरिक नारायण बास्तोलाको सभापतित्व तथा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खोटाङ स्पोर्ट क्लवका अध्यक्ष जितेन रार्ईले जानकारी दिनु भएको छ ।
भलिवल प्रतियोगितामा ओखल्ढुङ्गाको सिद्धिचरण नगरपालिका–१ प्रथम, रावाबेसी गाउँपालिका–१ कुभिन्डे द्धितिय, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा दुम्ली तेश्रो र साविक नेर्पा सान्त्वना स्थान ओगट्न सफल भएको जनाइएको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलार्ई क्रमशः रु.३५ हजार, रु. २० हजार, रु. ११ हजार र रु. ५ हजारका साथ मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
विधागत पुरस्कारहरुमा सर्वोत्कृष्ट खेलाडीलार्ई रु २ हजार, उत्कृष्ट सटरलाई रु १ हजार, उदीयमान खेलाडीलाई रु १ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको पनि जनाइएको छ ।
यस्तै खुल्ला नृत्य तर्फ प्रथम सरोज श्रेष्ठ, दोस्रो समपर्ण रार्ई र तेस्रो विनोद बि.क. भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलार्ई क्रमश रु.३ हजार, रु.२ हजार र रु.१ हजारको साथ प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैगरी गायन तर्फ हरिता मगर प्रथम, अनिस अधिकारी द्धितीय र समिक्षा खत्री तृतीय भएका छन् । सहभागीहरुलार्ई क्रमश रु. ३ हजार, रु. २ हजार र रु.१ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको खेल ब्यवस्थापक सुमन बास्तोलले जानकारी दिनुभयो ।
३ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका विभिन्न जातजातिले आफ्नो मौलिक झाँकीहरु समेत प्रस्तुत गरेका थिए ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान