जेठ ११, २०८० , Koshi
आन्दोलनरत पक्षबाट १४ गतेदेखि विराटनगर केन्द्रित आन्दोलनको घोषणा
हलेसीन्युजडेस्क, खोटाङ /
कोशी नामांकनका विरोधमा चरणवद्ध आन्दोलनमा रहेका पक्षसँग सरकारले वार्ता गरी परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्याको समाधानका लागि नेपाली कांग्रेस प्रदेश समितिका तर्फबाट आग्रह गरिएको छ ।
नेपाली कांग्रेस प्रदेश समितिका सभापति एवं प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उलंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न र कोशी प्रदेश सरकारले तत्काल आन्दोलनरतः पक्षलाई वार्तामा बोलाई उचित मागहरुलाई यथासम्भव सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।
गत मंसिर ४ गते प्रदेश सभाको निर्वाचन पछि प्रदेश नं. १ को सरकार गठन भए लगत्तै प्रदेश सभाबाट दुई तिहाई वढी मतले कोशी नामाकरण भएको थियो । त्यही वेलादेखि प्रदेश सभाले पहिचानविहीन नाम पारित गरेको भन्दै पहिचानवादी राजनीतिक दल तथा संगठन आन्दोलनमा छन् । तर उनीहरुको आन्दोलनबारे प्रदेश सरकारले कुनै चासो नदेखाएपछि कांग्रेसले पहिलोपटक आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
आन्दोलनका क्रममा एकजनाको ज्यान गइसकेको छ । मोरङ वेलवारी २ लालभित्ती निवासी पदमबहादुर लिम्वु लाजेहाङको आन्दोलनको क्रममा सख्त घाइते भै गत चैत्र १० गते धरानमा उपचारको क्रममा निधन भएको हो ।
यता कोशी प्रदेश सभाको बैठक १४ गते डाकिएको छ भने त्यसको सशक्त प्रतिरोध गर्न र किराँत प्रदेश नामाकरणका लागि कडा दवाव सिर्जना गर्न १ नं प्रदेश संंयुक्त संघर्ष समितिले जेष्ठ १० गते प्रेस विज्ञप्ति मार्फत प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !