जेठ ०५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको बाँसको ब्राण्ड एम्बेस्डर बन्ने इच्छा व्यक्त गर्नुभएको छ । हिमालयन आइटी इन्स्टिच्युटको आयोजना र घरेलु तथा साना उध्योग कार्यालय, खोटाङको प्रायोजनमा १० दिने फोटोग्राफी / भिडियोग्राफी तालिमको सिलसिलामा दिक्तेलवजार आउनुहुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा बाँसका विभिन्न कलात्मक फर्निचर लगायत घरेलु सामाग्रीहरुको व्यवसाय प्रवर्द्धनमा प्रोत्साहन दिइएको महसुस गर्दै चलचित्र जगतका हस्ति सुप्रशिद्ध कलाकार थापा “रातेकाइला”ले आफू नगरपालिकाको बाँस ब्रण्ड एम्वेसेडर हुने इच्छा व्यक्त गर्नुभएको नगरपालिका श्रोतले जनाएको छ ।
सुप्रशिद्ध कलाकार थापाकासाथ राष्ट्रिय कलाकार तथा छायाँकार गौरीशंकर धोजु, वरिष्ठ गीतकार नरेशदेव पन्त, विशाल श्रेष्ठ, दिवस श्रेष्ठ, विकास सिटौला, सौगन्ध डंगोल सहित ७ जनाको टोलि फोटोग्राफी/भिडियोग्राफी तालिमको सिलसिलामा जेष्ठ ४ गते शुक्रवार साँझ दिक्तेलबजार आइपुग्नु भएको हो ।
राष्ट्रिय कलाकारहरुको दिक्तेल आगमनको अवसरमा नगरप्रमुख तीर्थराज भट्टराईको अग्रसरता र हिमालयन आइटी इन्स्टिच्युटका अध्यक्ष अजय बस्नेतको समन्वयमा ५ गते शनिबार ‘रातेकाईला’को कलाकार टोलिलाई नगरपालिकाका तर्फबाट फूल–गुच्छाद्धारा स्वागत/सम्मान गरिएको वडा नं.१ दिक्तेलका वडाध्यक्ष नवराज राईले बताउनु भयो ।
रातो अविर र पुष्पगुच्छाबाट नगरप्रमुख भट्टराई लगायत नगरपालिका परिवारले न्यानो स्वागत गरेको नगर प्रवक्ता दिनेश घिमिरेले हलेसी एफएमलाई बताउनुभयो । स्वागतपछि मन्तव्य राख्दै राष्ट्रिय कलाकार ‘रातेकाईला’ले नगरप्रमुख भट्टराईले स्थानीय सामग्रीको प्रवर्द्धनका लागि बाँसको कुर्सी, टेबुल लगायतका फर्निचरको सदुपयोग गर्नुभएको भन्दै मुक्त कण्ठले प्रशंसा गर्नुभयो । उहाँले बाँसको प्रवर्द्धनका लागि नगरपालिकाले जिम्मेवारी दिए आफू स्वयंसेवी बाँस एम्बेस्डर भई राष्ट्रिय/अन्तराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने स्वतःस्फूर्त रूपमा घोषणा गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो–‘परिवर्तन स्वयंबाट गर्ने हो, नगरप्रमुखले बाँस उध्योग प्रवर्द्धनमा आफूबाटै परिवर्तन गर्नु प्रशंसनीय काम हो । खोटाङको हलेसी, दिक्तेल धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि अति रमणीय र सुन्दर ठाउँ रहेको मैले पाएँ ।’
उक्त छोटो स्वागत कार्यक्रममा नगरप्रमुख भट्टराईले बाँस एम्बेस्डर बनेर नगरको विकासमा योगदान पु-याउने ‘रातेकाईला’को उदघोषको खुला हृदयबाट प्रशंसा गर्दै नगर कार्यपालिकाको आगामी बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्ने बताउनुभयो ।
नगरप्रमुखले रूपाकोट लगायत अन्य सुन्दर ठाउँको प्रवर्द्धन र विकासको लागि सुटिङ हवको रूपमा विकास गरिदिन आग्रह गर्दा छिट्टै नै यो महत्वपूर्ण कामको थालनी गर्ने कलाकार टोलिले प्रतिबद्धता जनाएको नगरप्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष घिमिरेले बताउनुभयो ।
कार्यक्रममा वडा नं.१ दिक्तेल र वडा नं. ५ लफ्याङका वडाध्यक्षहरु नवराज राई र दिनेश घिमिरे, कार्यपालिका सदस्य अन्जना केसी बस्नेत, नि.प्रमुख प्रशासकीय अधिकृत मोहन भट्टराई, योजना अधिकृत नारायण खवास लगायतको उपस्थिति रहेको थियो ।
[ यो पनि-दिक्तेलमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम सञ्चालन हुँदै }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !