फागुन २९, २०७९ , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङंको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका—१५ विजयखर्कमा सञ्चालित साप्सुखोला वसेरी लिफ्टिङ खानेपानी आयोजनाको अनुगमन गरिएको छ । नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल तथा पत्रकारहरुको टोलिद्धारा शनिबार निर्माणाधिन योजनास्थलमा गएर अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा निर्माण सम्पन्न भैसकेको एउटा ट्यांंकी चर्केको पाइएको हो । आयोजनाको बितरण ट्यांकीं गुणस्तरहिन भएकोले चर्किएको पाइएको छ । चर्किएको ट्यांकींलाई रिप्लेसमेन्ट गरी फेरि निर्माण गर्ने निर्णय भएको उपभोक्ता समितिका अध्यक्ष सरोज राईले बताउनुभयो ।
संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना दिक्तेलको कूल रु.२९ करोड १३ लाख ९८ हजार ९ सय ९० भ्याट तथा पिएस सहित काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको सगरमाथा कन्स्ट्रक्सन निर्माण कम्पनिले चालु आबको साउन ४ गतेबाट काम शुरु गरेको हो । निर्माण कम्पनिले यो लागतमा आर भि टि टंकी ११ वटा, ट्रिटमेन्ट प्लान्ट १ वटा, बितरण पाइपलाइन १०९ कि. मि., ट्रान्समिसन पाइपलाइन ९ कि..मि., कार्यालय भवन १ वटा, गार्ड हाउस ५ वटा लगायतका कामहरु गर्नुपर्ने छ ।
२०८१ साउन ३ गते काम सक्ने गरी कामको गति बढाइरहेको निर्माण कम्पनिले हालसम्म आर भि टि तथा फेरो ट्यांकी गरी ७ वटा निर्माण गरिसकेको छ । निर्माण भएका ट्यांंकी हरुमध्ये १ टंकी गुणस्तरहिन भएको भन्ने गुनासो आएपछि नगरपालिकाको नेतृत्वमा गएकाृ अनुगमन टोलिले अनुगमन गरी गुनासो आएको ट्यांकी रिप्लेस गरी निर्माण गर्ने सुझाब दिइसकेको छ । चर्किएको ट्याकींलाई रिप्लेसमेन्ट गरी फेरि निर्माण गर्ने निर्णय भएको उपभोक्ता समितिका अध्यक्ष सरोज राईले बताउनुभयो ।
यो आयोजना पटक पटक विवादित बन्दै आइरहेको छ । यस अघि आयोजना संचालनका लागि उपभोक्ता समिति गठनमा प्रकृया नपुर्याएको भन्दै नेकपा एमालेका स्थानीय नेता तथा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुले विज्ञप्ति जारी गरी प्रकृयामा काम नभएको आरोप लगाएका थिए ।
jवस्तिको अनुगमन गर्नुहुदै नगरप्रमुख भट्टराई
यस्तै अनुगमन टोलिले बसेरीमा निर्माण भएको नयाँ बस्ति समेत अनुगमन गरेको छ । २०७२ सालको भूकम्प पश्चात आवासमा क्षति ब्यहोरेका परिवारको लागि दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले निर्माण गराएको बस्ती बेवारिसे अबस्थामा पाइएको छ । राज्यको करोडौको लगानी परेको बस्ति प्रयोग बिहिन भएको देख्दा दुःख लागेको नगरप्रमुख भट्टराईले बताउनु भएको छ । बस्ति प्रयोगमा नआउनुको कारण माग्दा निर्माण पक्षले बेवास्ता गर्दा बस्तिलाई नगरपालिकाले हेर्न समस्या भएको उहाँको भनाइ छ । बस्तिमा १९ वटा घरहरु निर्माण गरिएको छ भने १८ वटा प्रयोग विहिन छन ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।