कार्तिक २८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर (आङ) खस्ने समस्या भएका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान नेपाल र शीर मेमोरियल अस्पताल बनेपाको प्राबिधिक तथा आर्थिक सहयोगमा आगामी मंसिर ६ गते देखि १४ गते सम्म शीर मेमोरियल अस्पताल बनेपामा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिने नगर स्वास्थ्य प्रमुख खेमराज आचार्यले बताउनु भयो ।
उहाँका अनुसार नगरपालिकाका तर्फबाट वडा वडामा पाठेघर खस्ने समस्याको पहिचान गरेर पाठेघर सम्बन्धी अपरेसनका लागि जाने महिलाहरुलाई निःशुल्क यातायात, भोजन, आवासको व्यवस्था गरिएको छ भने कुरुवाको जाने आउने यातायात खर्च आफैले बेहोर्नु पर्नेेछ ।
नगरपालिका भित्रका इच्छुक महिलाले आफ्नो स्वास्थ्य स्थिति अनुसार नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराई अपरेसन गर्नु पर्ने भएमा नगरपालिका स्वास्थ्य शाखामा मंसिर २ गतेभित्र सम्पर्क गर्नका निम्ति नगरपालिकाले अनुरोध गरेको छ ।
गत वर्ष मङ्सिर २ गते पनि नगरपालिकाबाट शिर मेमोरियल अस्पतालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पाठेघर खसेका ३७ जना बिरामीहरुको सफल शल्यकृया गराइएको थियो ।
सोही अवसरमा सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्षदिनसम्म निःशुल्क उपचार गरिदिने गरी नगरपालिका र प्रतिष्ठानवीच सम्झौता पनि गरिएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र प्रतिष्ठानका निर्देशक महादेव बानियाँबीच नगरपालिकाभित्रका पाठेघर खस्ने समस्यामा परेका महिलालाई शिर मेमोरियल अस्पताल, बनेपा लगेर निःशुल्क उपचारको प्रबन्ध मिलाउने द्धिपक्षीय सम्झौता भए अनुरुप यो वर्ष पनि मंसिर ६ गतेदेखि १४ गतेसम्म नगरपालिकाका आङ खस्ने विरामीहरुको निःशुल्क उपचार गरिने भएको हो ।
पाठेघर खस्ने समस्याबाट महिलाहरुमा क्यान्सर जस्तो रोग हुन सक्ने र अज्ञानताका कारण अकालमै मृत्युसम्म हुने थाहा भएपछि अब महिलाहरु यसका बारेमा क्रमशः स्वास्थ्य संस्थामा आफै आएर समस्या बताउन थालेका छन् । तर अझपनि सबै महिलाहरु यस्ता रोगका बारेमा खुलेर बताउन सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा स्थानीय सरकारहरु अग्रसर भएर महिलाहरुको यो समस्यालाई गम्भिरताका साथ लिई उनीहरुको दीर्घकालिन समाधानमा जुट्नु सुखद पक्षका रुपमा लिनुपर्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !