फागुन १९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको जन्तेढुंगा गाउपालिका स्थायी घरभै हाल विभिन्न प्रयोजनका लागि उपत्यकाका तीनै जिल्लाहरु काठमाण्डौ, ललितपुर तथा भक्तपुरमा बस्दै आएका नागरिकहरुको जन्तेढुंगा गाउपालिका र त्यहाँका जनताको समृद्धि तथा विकासका लागि काठमाण्डौँमा वृहत छलफल सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष अरुणादेवी राईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य रामकुमार राई पासाङको प्रमुख आतिथ्यतामा आज काठमाण्डौँस्थित निजामती कर्मचारी युनियन संघको केन्द्रिय कार्यालय ववरमहलमा जन्तेढुंगा गाउपालिका स्थायी घर भै हाल उपत्यकाभित्र विविध प्रयोजनले रहदै आएका नागरिकहरुवीच छलफल सम्पन्न भएको हो ।
पालिका उपाध्यक्ष खेमबहादुर खड्काले आजको भेलाको औचित्य र विषयवस्तुका वारेमा प्रकाश पार्नु भएको थियो । उहाँका अनुसार भेलाले काठमाण्डौँमा रहदै आएका जन्तेढुंगावासी नागरिकहरु विविध विचार, शिद्धान्त र दलसँग आवद्ध भए पनि पालिकाको विकास र समृद्धिका लागि एक भएर सरोकार पक्षहरुलाई झकझकाउन एकतावद्ध रहनुपर्ने निष्कर्ष निकाल्दै विभिन्न सरकारी कार्यालयका साथै सरकारी/गैर सरकारी निकायहरुमा पहल गर्ने प्रतिवद्धता जाहेर भएको छ ।
चिसापानीबाट छोटो दुरिमा उदयपुरलाई जोड्ने सडकवीच पर्ने सुनकाशीमा शिलन्यास गरिएको वंशिलाघाट पुलको निर्माणमा भैरहेको अत्यधिक ढिलाई प्रति सरकारको ध्यानाकर्षण गराउनुपर्ने विषय पनि छलफलमा उठेको थियो । त्यस्तै वंशिलाघाटदेखि चिसापानीसम्म खनिएको सडकको स्तरोन्नतीमा प्रदेश तथा संघीय सरकारले सहयोग नगरिरहेको तर्फ भेलाले चर्चा गर्दै माथिल्ला तहका सरकारको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालिएको थियो ।
छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य राईले जन्तेढुंगा गाउँपालिकाको विकास निर्माणमा खोटाङको निर्वाचित जनप्रतिनिधिको हैसियतले आफू सधैँ जन्तेढुंगावासीहरुको साथमा रहने र आफूले सकेको हरप्रयासलाई जारी राख्ने बताउनुभयो ।
भेलामा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव तथा पूर्व महासमिति सदस्य महेन्द्रकुमार कटुवाल, वडा नं. ६ दिप्लुङ निवासी हाल महालेखा परिक्षक कार्यालयका सहसचिवमा कार्यरत श्रीकुमार राई, वडा नं. ५ निवासी कृषि तथा स्वास्थ्य अभियन्ता देबेन्द्र बस्नेत, नेपाली कांग्रेस जन्तेढुंगा गाउपालिकाका सभापति वाजिन्द्र विष्ट, वडा नं. २ वोपुङका सामाजिक/साँस्कृतिक अभियन्ता नारदमणि राई, जन्तेढुंगा गाउपालिका वडा नं. १ देविस्थानका कृषि अभियन्ता परसु राई, वडा नं. ५ घोर्लेका कृषि तथा स्वास्थय अभियन्ता सुधिर राईलगायत विभिन्न पेशा र क्षेत्रमा आवद्ध नागरिकहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।