बैशाख ०७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा १–३ सम्म ‘अंग्रेजी माध्यम’द्धारा पठन–पाठन सुरु गरिने भएको छ । यस वर्ष पाँच वटा माध्यमिक विद्यालयहरुमा अंग्रेजी माध्यमद्धारा पठनपाठन सुरु गर्नेगरी गाउँपालिकाले तयारी थालेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दो क्रममा रहेको अवस्थामा हालै बसेको गाउँ शिक्षा समितिको वैठकले पठनपाठनमा गुणस्तर बढाई सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने उदेश्यले अनिवार्य ‘अंग्रेजी मिडियम’मा पठन पाठन गराउने निर्णय गरेको हो ।
साकेला गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ शिक्षा समिति वैठकले शिक्षक, व्यवस्थापन समिति, अभिभावक मार्फत आएका सुझावलाई ध्यानमा राखेर आगामी दिनमा कार्यान्वय गर्दै निरन्तर प्रकृयामा लैजाने समेत निर्णय गरेको छ ।
अहिले गाउँका विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दो क्रममा छ । अभिभावकहरुले आफ्ना बच्चाहरुलाई बोर्डिङ पढाउने बहानामा सहर र सदरमुकाम केन्द्रित गरिरहेको कारण पनि गाउँको सामुदायिक विध्यालयहरुमा विध्यार्थी संख्या कम भएको बताउदै यसै शैक्षिक सत्रदेखि माध्यमिक तहमा अनिवार्य अंग्रेजी मिडियम लागू गरेपछि बसाई सराईको क्रमलाई समेत न्यूनिकरण गर्न टेवा पुग्ने अध्यक्ष राईको भनाई छ ।
अध्यक्ष राईले यसै वर्षदेखि पठनपाठन थालिने कक्षा १–३ को अंग्रेजी माध्यमको पुस्तक खरिद गर्नका लागि व्यक्तिगत रुपमा एक लाख रुपैंया नगद समेत उपलब्ध गराउनु भएको छ । आगामी वर्षहरुमा गाउँपालिका आफैले नैतिक र व्यवहारिक ज्ञान सहितको पाठ्यक्रम तयार गरि पुस्तक प्रकाशन गर्ने जनाइएको छ ।
२८ वटा सामुदायिक विद्यालय रहेको यस गाउँपालिकामा यस शैक्षिक सत्रमा पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी मिडियमको कक्षा लागू गरिने र आगामी वर्षहरुमा अन्य विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने अध्यक्ष राईले बताउनुभयो । कक्षा १–३ मा अंग्रेजी माध्यमद्धारा पठन पाठन गराउनका लागि शिक्षकको दरबन्दी मिलान र विद्यालय मर्जको कार्य प्रारम्भ गरिएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा पनि निशुल्क रुपमा अंग्रेजी माध्यममा पढाई हुने भएपछि विगतमा देखिदै आएको विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।