आश्विन ०७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
ट्राफिक प्रहरी कार्यालय खोटाङले पछिल्लो दुई महिनाको अवधिमा रु. १३ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१ / ०८२ को २ महिना साउन र भाद्र महिनामा ट्राफिक नियमको उलंघन गर्ने जम्मा ९१७ सवारीसाधन माथि कारबाही गर्दा रु.१३ लाख १३ हजार राजस्व संकलन गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै जिप÷कार कारबाहीमा परेका छन् । २ महिनामा ४६१ वटा जिप÷कार कारबाहीमा पर्दा रु ३ लाख ८३ हजार ५ सय राजश्व संकलन भएको छ । यस्तै मोटरसाइकल ३१३ वटा कारबाहीबाट रु २ लाख २९ हजार ५ सय, बस २१ वटा कारबाहीबाट रु १७ हजार ५ सय, ट्रिपर १४ वटा बाट रु ११ हजार, ट्याक्टर ७५ वटा बाट रु ५४ हजार, ट्रक ९२ वटा बाट रु ७१ हजार र अटो–टेम्पो १० वटा बाट रु.७६ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी जवान उपेन्द्र कठायतले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।
प्रहरी जवान कठायत भन्नुहुन्छ—‘सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना रोकथाम तथा न्यूनिकरणका उपायहरु लगायतका विषयमा सचेतना प्रदान गर्दै आइएको छ ।’
ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गरेको अवस्थामा जरिवाना मात्र गराउने नभएर सम्बन्धित पक्षलाई ट्राफिक सम्बन्धि ज्ञान र सचेतना प्रदान गर्दै आएको उहाँले बताउनुभयो । नागरिक सचेत भएपछि अटोमेटिक रुपमा सवारी दुर्घटनामा कमि आउने उहाँको कथन छ । यही उद्देश्यले विभिन्न सचेतना तथा जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको कठायतले बताउनुभयो ।
ट्राफिक प्रहरीले विभिन्न सचेतनाका कार्यक्रम बढाउँदै लगे पनि ट्राफिक नियम पालनाको अटेरीका कारण सडक दुर्घटना हुने र त्यसबाट सर्वसाधारण घाइते हुनुका साथै ज्यान समेत जाने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।
[यो पनि-खोटाङमा सवारी कारवाहीबाट रु. ४९ लाख वढी राजस्व संकलन ]
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।