श्रावण १४, २०८० , Diprungchuichumma RUM
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकामा यात्रु बोकेको गाडी दुर्घटना हुँदा त्यसमा सवार केही यात्रुहरु गम्भिर घाइते भएको समाचार प्राप्त भएको छ । इटहरीबाट साकेला गाउँपालिकाको मानेभन्ज्याङ तर्फ जाँदै गरेको ००१ ज ३३८७ नं. को जीप दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीस्थित खुदुर्के भन्ने स्थानमा दुर्घटना हुँदा गाडीमा सवार पाँचजना यात्रु गम्भिर घाइते भएको बताइन्छ ।
चालक सहित गाडीमा १४ जना रहेको भए पनि दुर्घटनाबाट अन्य यात्रुहरुलाई सामान्य चोटपटक लागेको र पाँचजना भने सख्त घाइते भएकाले तत्काल उनीहरुको उद्धार गरी गाउँपालिकास्थित हेलो डाक्टर सेवामार्फत प्राथमिक उपचार जुटाइएको पालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
दुर्घटनाका कारण बेहोस भएको घाइतेहरुको गाउँपालिका प्रहरी , नेपाल प्रहरी तथा स्थानीयहरुले उद्धार कार्यमा सहयोग पर्याएका थिए ।
पञ्चमीवजारदेखि याङसोला टार हुदै जाने मुख्य सडकमा ढुङ्गा खसेर मर्मत कार्य भैरहेको हुदा तृतीय, खुदुर्के, डाँडागाउँ जाने बैकल्पिक कच्ची सडकबाट जीप लैजाने क्रममा चिप्लिएर दुर्घटना भएको जनाइएको छ ।
पछिल्लो समाचार अनुसार प्राथमिक उपचार पछि सख्त घाइते हुनेहरुलाई पालिका अध्यक्ष राईले प्रयोग गरिरहनुभएको गाडीमार्फत जिल्ला अस्पतालमा थप उपचारका लागि पठाइसकिएको थाहा भएको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।