कार्तिक ३०, २०८१ , Khotang
( भाग एक )
—————————तीर्थराज भट्टराई
३६ वर्षको उमेर अवधिमा सात छोरी र तीन छोरा जन्माईसक्नु भएकोथ्यो मेरी आमा पद्मकुमारी भट्टराईले । तीन छोरी र दुई छोरा गरेर पाँच जना जीवित छौँ अहिले । जेठी देवी दिदी र जेठो गुणराज दाजु विगतमा नै वित्नुभयो । वितेका अन्य तीनजना मध्ये एक जना दिदी र दुई जना बहिनी जन्मनासाथ मृत्यु भएको हुनाले अनुभूति छैन परिवारमा । यसको पीडा र अनूभूति गर्भाधारण गर्ने र गर्भवति भएकी करूणामयी आमालाई मात्रै भयो । दश महिना पेटमा बच्चा गर्भाधारण गरेर दशौँ महिनामा बच्चा जन्माउने आमाको असजिलो व्यथा न पुरूषलाई थाहा हुन्छ, न गर्भवति नभएकी महिलालाई नै । हो, त्यस्तै भयो हाम्रो परिवारमा पनि र पीडा एवं महशुस भयो केवल आमालाई मात्रै । मेरो स्वर्गीय वुवा लक्ष्मीप्रसाद र परिवारका कुनै सदस्यले पनि देखेनन् अनुहार । सालनाल सहित तिनै जनालाई एकै पटक गाड्नुपरÞ्यो जमिनमा । न जाँचहुन्थ्यो स्वास्थ संस्थामा न आइरन चक्की खुवाइन्थ्यो मासिक रूपमा । त्यतिबेला पुरूषले रितु दान गरिरहने र महिलाले जन्माइ रहने वर्षै पिच्छे सन्तान । त्यो समयमा बेहिसाव थियो जन्मदर पनि । एउटै महिलाले बाह्र–पन्ध्रजना बच्चा जन्माउनुपथ्र्यो बाध्यताले । मान्छे हुन् की पशु असुरक्षित रितुदान गरिदिन्छौंँ हामी मान्छेहरू । बरू पशुपंछी र किरा – फट्यांग्राले समयमा मात्रै रितुदान गरेको पुष्टि गर्छ अध्ययनले ।
छोराहरु तीर्थराज भट्टराई, परशुराम भट्टराईका साथ आमा पदमकुमारी भट्टराई
त्यहीँ पीडा र अन्यौलताको शिकार भएका थिए त्यो जमानामा आमाहरू । अहिलेको जस्तो चेतना पनि थिएन त्यो समयमा । व्यवहारिक रूपमा महिलाको पीडा र व्यथा पुरूषले सार्न र बोक्न मिल्दैन पनि । प्रकृतिले नै कतिपय काम, कर्तव्य र जिम्मेवारी छुट्याई दिएको छ महिला र पुरूषको वीचमा भिन्नता । तर मानवीय रूपमा बुझ्न सक्नुपर्छ महिलाको पीडा पुरूषले । विगतको जस्तो नारी माथि हुने अपहेलना र विभेद समाजमा अहिले छैन । तथापि केही न केही महिला अहिले पनि विभेदको शिकार भएकै छन् यो मनन गर्नैपर्छ हामीले । अन्यायपूर्ण विभेदको अनुभूति जो मातृशक्तिले भोग्नु र व्यहोर्नु भएको छ उहाँहरूलाई मात्रै थाहा हुन्छ । यो लेख्दै गर्दा महिला माथि अहिले विभेद पटक्कै छैन भन्ने चाहीँ होइन । तर विगतको तुलनामा भने अहिले घटेको छ विभेदको घटना ।
खार्पा, रूभुङमा स्व.महानन्द र रेणुका पोखरेलको कोखबाट पाँच छोरा पाँच छोरीमध्ये पहिलो सन्तानको रुपमा विक्रम सम्वत् १९९४ असार २९ गते जन्म भएर विक्रम सम्वत् २००६ सालमा विवाह भएको थियो आमाको । त्यो जमानामा पढ्ने पढाउने चलन थिएन, त्यसमा पनि छोरीलाई । निरक्षर भएपनि सँस्कृत र नेपाली भाषाका श्लोक चार– पाँच दिनसम्म लगातार भन्न सक्ने क्षमता थियो आमाको । ओहो ! कति माधूर्य स्वर !! आमाको बोलीमा मिठास र स्वरमा कमान्डिंग थियो । खार्पा पोखरेलकी छोरी भएको कारणले होला झुक्न चाहनु हुन्नथ्यो कहिल्यै कसैसँग ।
सामुहिक परिवार भएकोले दोर्पामा धेरै दुःख गर्नुभयो आमाले । खार्पा, रुभुङमा सम्पन्न परिवारमा हुर्किनु भएको जिम्मुवालकी छोरी । त्यो समयमा सानो उमेरमा विवाह गर्ने प्रचलन थियो । अठार वर्षको उमेरमा गर्भवती भएर जेठी देवी दिदीको जन्म भएको थियो । घाँस र दाउराको समस्या भएकोले मात्तिम, रतन्छा र मझुवाको जंगल पुग्नुपथ्र्याे सँधैभरी । विहान राति नै हिडेर दाउरा र घासको भारी लिएर दोर्पा आउनु पर्ने कथा बताउनुहुन्थ्यो आमाले । हो, त्यो समय नै त्यस्तो थियो दुःख–पीडाको अवस्था । ज्ञान, सीप र प्रविधि नभएकोले पनि होला त्यो समयमा सागपात र अन्य खाद्यान्न जोहो गर्न जानुपर्ने टाढाटाढा वारीपारी । बुवा राजनीति र सामाजिक काममा व्यस्त हुने भएकोले पनि आमाले झन् बढि घरायसी बोझ बोक्नु पथ्र्याे । राजनीतिक मानिसको घरमा लाग्ने गर्छ मानिसको भिड । साना ठूला समस्याको समाधान गर्नुपर्ने दायित्व हुन्छ राजनीतिक मानिसको । यसको ज्यादा मार महिलाले भोग्नुपर्छ । घरमा। चिया, खानादेखि अन्य सुन्नुपर्छ गुनासोका भारी । मेरो विचारमा त्यो घरको सुवर्ण अवसर पनि हो सेवा गर्ने । सबै घरमा कहाँ मिल्छ र यो अवसर ? तर त्यस्तो परिवारमा सामाजिक भावना र राजनीतिक सँस्कार र चेतना भने बढि हुन्छ पक्कै पनि ।
आमाले सुनाउँनुहुन्थ्यो सुत्केरी हुँदा अहिले जस्तो स्याहार नहुने रे । गुन्द्रुक र भात दिने हेला गर्दै सासुले । न्वारान सकिए लगत्तै डोको नाम्लो बोकेर हिड्नुपर्ने घाँस दाउरामा । सुत्केरी मानिस, नावालक शिशु त्यहाँ थिएन ममता र करूणा । यो सबै हुनुका पछाडि चेतनाको दोष हो सासु या व्यक्तिको होइन । शायद शैक्षिक/सामाजिक चेतना भई दिएको भए त्यो अमानवीय व्यबहार भोग्नु पर्दैनथ्यो । सासुले बुहारीलाई हेप्नै पर्ने थियो सँस्कार । एउटा घरको मात्रै होइन प्रत्येक घर परिवारको कथा र व्यथा हो त्यो । तर अहिले यो विभेद घटेकोछ । विगतमा जस्तो अपहेलित छैनन् सासुबाट बुहारीहरू । मेरी आमाले सासुबाट छोरीको जस्तो माया र ममता पाउनु भएन होला । तर आफुले भोगे जस्तो अपहेलना कहिल्यै दिनु भएन आफ्नो बुहारीलाई । हुन त दुईवटै बुहारीहरु कुमारी र कल्पना जागिरे छन्, पढेका छन् अनि दुबै तिरबाट बिभेदको अनुभूति हुने कुरै भएन ।
क्रमशः
[लेखक भट्टराई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको आमा पदमकुमारी भट्टराईको गत कात्तिक २६ गते दुःखद निधन भएकोमा स्वर्गीय आमा पदमकुमारीको स्मृतिमा लेखिएको यो स्मृतिलेखलाई आगामी अंकमा पनि निरन्तरता दिइनेछ । सं.]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !