जेठ ३२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलवजारमा आज साकेला सिलि प्रतियोगिता हुदैछ । किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किराँत सेवा समाज दिक्तेल खोटाङको संयुक्त आयोजनामा दिक्तेलको माटिकोरेस्थित खेलमैदानमा आज आषाढ १ गते शनिवार विहान ११ वजेदेखि किराँत सँस्कृति र परम्परा अनुसार साकेला सिलि प्रतियोगिता हुने भएको हो ।
किरातहरुको महान पर्व साकेला उभौलि २०८१ तथा किराँत एलेसम्वत ५०८४को अवसरमा आयोजना हुन लागिरहेको साकेला सिलि प्रतियोगिताका साथै आजबाट यो वर्षको साकेला उभौलीको समापन समेत गरिने आयोजकले जनाएको छ ।
साकेला उभौली किराँतहरूको महान चाँड हो । प्रत्येक वर्ष बैशाख पुर्णिमा देखि किराँत सँस्कृति र परम्परा अनुसार भव्य रूपमा प्रकृति र भूमिको पूजा गरी साकेला सिलि नाच्दै १ महिना सम्म सोकला उभौलि मनाउने गरिन्छ ।
साकेला समापन सँगै साकेला नाँचमा प्रयोग हुने ढोलझ्याम्टा लगायत सामाग्रीहरु पुजा गरेर थान्कोमा राख्ने चलन छ ।
आज आषाढ १ गते यो वर्षको साकेला उभौलिलाई विदा गर्दै साकेला सिलि प्रतियोगिताको आयोजना गरेर प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरुलाई पुरस्कृत गरिनेछ ।
विभिन्न सिलिमा प्रदर्शनी हुने सहभागीहरुमध्ये प्रथम हुने समूहलाई रु २० हजारका साथ प्रमाण पत्र दिइने जनाइएको छ । त्यस्तै दोश्रो, तेश्रो र सान्त्वना हुने समूहहरुलाई क्रमश, रु १५ हजार, रु १० हजार र रु ५ हजारका साथ प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिहरुले अनिवार्य किराँत भेषभुषा लगाउन पर्ने जनाइएको छ ।
प्रतियोगिताका साथ साकेला सिलि प्रदर्शनी निकै रोचक र भव्य हुने आकलन गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।