पौष २१, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउन्डेसन नेपालवीच अपांगता रोकथाम तथा पुनःस्थापना सञ्चालन सम्बन्धि सम्झौता भएको छ । अपांग क्षेत्रमा काम गर्दै आएको करुणा फाउन्डेसन नेपाल र दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकावीच जीवनस्तर उकास्न शिक्षा र स्वास्थ्यमा सहयोग गर्न आज दुई पक्षीय सम्झौता भएको नगर प्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनु भएको छ ।
कोशी प्रदेश सरकार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फाउण्डेसनको संयुक्त लगानीमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । सम्झौता अनुसार २०८० माघ १ गतेबाट २०८३ पुस मसान्तसम्म कार्यक्रम लागू हुने जनाईएको छ । यस वीचमा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य उपचार र सहायक सामग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामाजिकीकरण, सशक्तिकरण जस्ता कृयाकलापहरु नगरपालिका÷पालिकाभित्र रहेका अपांगता भएका व्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
फाउन्डेसनले यो कार्यक्रम खोटाङ जिल्लाका दश वटै स्थानीय तहमा सम्झौता हुने र यसअघि बराहापोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पनि यही कार्यक्रमको सम्झौता गरिसकेको बुझ्नमा आएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले निर्देशिका जारी गरेर शुरु भएको यस कार्यक्रम हालसम्म प्रदशेका ९० वटा स्थानीय तहहरुमा सञ्चालन भइसकेको छन् । यो कार्यक्रम थप भएसँगै अपांगता भएका व्यक्तिलाई सशक्त बनाउन मद्दत पुग्ने फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरको भनाइ रहेको छ । सम्झौतासंगै अपांगता भएका व्यक्तिको पहिचान गरी गाउँघरमै पुगेर परिचयपत्र वितरण गर्ने, राज्यले दिएको सेवा सुविधा उपलब्ध गराउने लगायतको काम नगरपालिकाले गर्ने नगर प्रमुख तीर्थराज भट्टरार्ईले बताउनु भयो ।
यसैवीच कार्यक्रमका अवसरमा आज फाउन्डेसनको तर्फ बाट ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीबाट खरीद गरिएको वाद्यवादनका सामाग्रीहरु दिक्तेलमा रहेको साईनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । पछि दुई थान गितार दिनेगरी आज तीन थान गितार, १ थान हार्मोनियम, एकवटा तवेला, बाँसुरी एक दर्जन, सारंगी र किवोर्ड एक–एकवटा गरि १ लाख ९६ हजार ६ सय २० रुपैँया बराबरको समाग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !