माघ २३, २०८० , Khotang
हलेसीन्युजडेस्क,खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठयक्रम संशोधन गर्ने तयारी गरेको छ । केही विषयवस्तुहरु थपघट र समयसापेक्षित बनाउन आवश्यक महसुस गरी तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईको कार्यकालबाट लागू गरिएको ‘दिरुम ज्ञानमाला’ नामको स्थानीय पाठयक्रमलाई वर्तमान नेतृत्वले संशोधन गर्ने तयारी गरेको बुझिएको छ ।
१८ माघमा बसेको नगर कार्यपालिका बैठकले स्थानीय पाठयक्रम संशोधन गर्ने निर्णय गरेको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ । नगरपालिकाद्धारा नगरभित्रका कक्षा–१ देखि कक्षा–५ सम्मका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठयक्रम ‘दिरुम ज्ञानमाला’ लागू गरेर पठनपाठन भैरहेको छ ।
स्थानीय पाठयक्रम संशोधनका निम्ति कार्यपालिकाको वैठकले जालपाका वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक दान बहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । संयोजक राईले नगरप्रमुख सँग समन्वय गरेर विज्ञहरुबाट अन्य चार जना सदस्यहरु मनोनयन गर्ने थाहा भएको छ ।
दिरुम ज्ञानमालामा कतिपय पाठहरु थप्नुपर्ने, वास्तविक विषयवस्तु समावेश गर्नुपर्ने, कतिपय भाषिक त्रुटिहरु छन्, त्यसलाई मिलाउनुपर्ने र समय सन्दर्भ अनुसार परिमार्जन गर्ने उद्देश्यले स्थानीय पाठयक्रम संशोधन गर्ने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराईले बताउनुभयो । मेयर भट्टराईका अनुसार संशोधन गरिएको स्थानीय पाठयक्रम आगामी शैक्षिक सत्र देखि लागू हुनेछ ।
त्यसैगरी नगरपालिकाभित्र शिक्षा क्षेत्रमा व्यापक सुधार गर्ने उद्धेश्यले शैक्षिक अभियन्ता तथा जनजागृति मावि सोल्माका विव्यास अध्ष्क्ष सूर्यबहादुर राईको संयोजकत्वमा सात सदस्यीय शिक्षा सुधार कार्यदल पनि गठन गरिएको छ । कार्यदलको सदस्यहरुमा प्रकाश श्रेष्ठ, कृष्ण बुढाथोकी, दिलिप खत्री, दमन राई र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख तीर्थ विक हुनुहुन्छ । माघ १८ गते बसेको नगर कार्य पालिकाको बैठकको निर्णय अनुसार गठन गरिएको शिक्षा सुधार कार्यदलले १५ वडा रहेका नगरपालिकाभित्रका सामुदायिक विध्यालयहरुको शैक्षिक अवस्था, समस्या, चुनौति, आवश्यकता लगायतका विविध विषयहरुमा विस्तृत अध्ययन गरी विध्यालयहरुको यथार्थपरक तस्विर देखाउने प्रतिवेदन आगामी फागुन मसान्तभित्र पेश गर्ने जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !