बैशाख १३, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन दिने निःशुल्क आँखा शल्यचिकित्सा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सघं खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल तथा आँखा उपचार केन्द्र दिक्तेलको संयुक्त आयोजनामा सगरमाथा चौधरी आँखा अस्पतालका प्राविधिक विशेषज्ञहरुद्धारा सि.वि.एम जर्मनीको सहयोगबाट आगामी बैशाख २९, ३० र ३१ गते ३ दिने निःशुल्क आँखा शल्यचिकित्सा शिविर सञ्चालन गरिने नेत्र ज्योति सघं खोटाङका सभापति र्ईन्द्र कसजुले जानकारी दिनुभयो ।
नेत्रज्योति संघका सभापति कसजुका अनुसार मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो, यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धेरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने उहाँको सुझाव छ ।
आँखा उपचार केन्द्र दिक्तेल अस्पताल परिसर भित्र तीन दिन सञ्चालन गरिने आँखा शिविरका लागि प्रत्येक दिन विहान ८.०० बजे देखि दिउसो १.०० बजे सम्म नाम दर्ता गर्नु पर्ने र नाम दर्ताका लागि रु ३० शुल्क लाग्ने आयोजकले जनाएकोे छ । शिविरमा आँखा तथा चस्मा जाँच गरिने, विरामीहरुलार्ई निःशुल्क औषधी वितरण गरिने, सहुलियत मूल्यमा चस्मा वितरण गरिने र आँखाको अप्रेशन पछि कालो चस्मा र औषधी निःशुल्क उपलव्ध गराइने भनिएको छ ।
शिविरमा आउने विरामीहरुले खाना बस्नको लागि भने आफैले व्यवस्था गर्नु पर्ने जनाइएको छ ।
यस आगाडि पनि गत चैत्र २८ र २९ गते जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आई हष्पिटल इटहरीको संयुक्त आयोजनामा सदरमुकाम स्थित दिक्तेलवजारमा दुर्ईदिने निःशुल्क आँखा शिविर सञ्चालन गरी ५१५ जना आँखाका विरामीले निःशुल्क सेवा प्राप्त गरेका थिए ।
[ यो पनि-दिक्तेलमा दुई दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर शुरु }
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।