बैशाख १५, २०८१ , खोटाङ
हलेसीन्युजेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही घर तथा मतानहरु सल्किएर ठूलो क्षति व्यहोर्नु परेको समाचार प्राप्त भएको छ । शुक्रवार अपरान्ह गाउँ नजिकैको सल्लेपोखरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण अनियन्त्रित भई बस्तीमा फैलिन पुगी स्थानीयको ७ घर र केही मतानहरु जलेर नष्ट हुँदा एक करोड भन्दा वढीको क्षति पुगेको बताइन्छ ।
आफू वडा कार्यालयतिर जाँदै गर्दा मंगलटारको घुर्चु र हलेसी डाँँडागुठ पुछारका जंगलहरुमा डढेलो देखिएको तर केही वेरमै सल्ले सामुदायिक वनमा पनि डढेलो फैलिन गएको वडाध्यक्ष काशीराज राई बताउनुहुन्छ । उहाँका अनुसार अपरान्ह २.३० वजेतिर जंगलको डढेलोको लप्को हावाहुरिका कारण वस्तितिर फैलिन पुगेको थियो । हेर्दा हेर्दै आगजनीबाट झनबहादुर थापा मगर, गोपालबहादुर थापा मगर, इन्द्रबहादुर थापा मगर, खगेन्द्र विकको घर डढेलोको झिल्कोले आगजनी गराई निमेषभरमा खरानी बनाइदियो ।
खगेन्द्र विकको घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किएपछि झनै आगोको लप्को फैलिन पुगी नजिकका घरहरुमा असर पुराएको बताइन्छ । आगोबाट मदनबहादुर थापा मगर र भेषबहादुर थापा मगरको घर, योग बहादुर राना मगरको मतान जलेर पूर्ण रुपमा क्षति पुगेको जनाइएको छ ।
घर मतान जल्दा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगना, भाडावर्तनका अलावा नगद रकमहरु विध्युतीय उपकरणहरु सबै नष्ट हुँदा करोड भन्दा वढी क्षति पुगेको प्रहरी श्रोतले जनाएको छ ।
वस्तिमा आगजनी भएको खवर प्राप्त हुना साथै इलाका प्रहरी कार्यालय महादेवस्थान र प्रहरी चौकी अर्खौलेबाट प्रहरीका टोलि घटनास्थल सल्लेमा आगो नियन्त्रणका लागि पुगेका थिए । तर ठूलो ज्वाला फ्याँकेर दन्किरहेको आगो नियन्त्रण गर्न कठिन भएको जनाइएको छ ।
[ यो पनि -बाराहापोखरीका अग्निपीडित परिवारहरुलाई राहत सहयोग प्रदान }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !