बैशाख ०६, २०८१ , Khotang
स्थानीय सरकारलाई बुझायो १८ बुँदे शिक्षा सुधार सम्बन्धि ज्ञापनपत्र
हलेसीन्युजडेस्क, खोटाङ
नेपाल विध्यार्थी संघले आफ्नो ५५ औ स्थापना दिवसको अवसरमा देशका ७५३ वटै स्थानीय सरकारहरुलाई शैक्षिक सुधारको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । नेपाल विध्यार्थी संघले शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्ने लगायतको माग राखेर बैशाख ६ गते आफ्नो ५५ औँ स्थापना दिवसको अवसर पारेर स्थानीय तहअन्तर्गत स्थानीय सरकार समक्ष ज्ञापन पत्र बुझाएको हो ।
खोटाङमा पनि सबै स्थानीय तहहरुमा प्रतिनिधि मार्फत ज्ञापनपत्र बुझाइएको थाहा भएको छ । नेवि संघ जिल्ला कार्य समितिका सभापति मोतिचन्द्र राईको नेतृत्वमा ने वि संघका विध्यार्थीहरुको एक टोलि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई भेटेर शिक्षा क्षेत्रमा सुधार गर्न १८ बुँदे ज्ञापन पत्र बुझाइएको नेवि संघ श्रोतले जनाएको छ ।
ज्ञापनपत्रमा नेपालको संविधानद्धारा प्रदत्त शिक्षा सम्बन्धि संवैधानिक हक र तत्सम्बन्धि बनेको ऐन नियमावली अनुसार माध्यामिक तहसम्मको निःशुल्क शिक्षाका लागि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
विध्यालयहरुले विभिन्न शिर्षकमा विध्यार्थीहरुबाट शुल्क उठाउँदै आएकोमा ती शुल्कहरु हटाई पूर्णत निःशुल्क गराइनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
आजै नेवि संघको स्थापना दिवसको अवसरमा ने वि संघ खोटाङले वीपी स्मृति भवन दिक्तेलमा चियापान तथा शुभकामना आदान प्रदान गरेको छ ।
नेविसंघका सभापति मोतिचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति इवन राई, नेपाली कांग्रेस महासमिति सदस्यहरु भिषण राई, राकेश परियार, महाधिवेशन प्रतिनिधि डिल्लिकुमारी आचार्य, नेपाली कांग्रेस जिल्ला संगठन विभाग प्रमुख विष्णुराज राई, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका सभापति प्रकाशकुमार श्रेष्ठ, नेपाल तरुण दल जिल्ला अध्यक्ष काजिमान राई लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।