जेठ १०, २०८० , Jantedhunga Gaunpalika
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको जन्तेढुंगा गाउँपालिकामा नौ दिने साना होटल तथा लज व्यवस्थापन तालिम शुरु भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ खोटाङको आयोजना तथा जन्तेढुङगा गाँउपालिकाको आर्थिक सहयोग र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमान्डौको प्राविधिक सहयोगमा आज जन्तेढुङ्गा गाउँपालिकाको वडा नं. ५ चिसापानी बजारमा नौ दिने उक्त तालिम शुरु भएको हो ।
होटल तथा पर्यटन व्यावसाय संघ खोटाङका अध्यक्ष जे.पि. रार्ईको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जन्तेढुङ्गा गाउपालिका अध्यक्ष अरुणादेवी रार्ई तथा विशेष अतिथि गाउपालिका उपाध्यक्ष खेमबहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उमेश गिरी, जन्तेढुंगा गाउपालिका वडा नं. ५ चिसापानीका वडाध्यक्ष धनबहादुर रार्ई समेतको उपस्थिति रहेको थियो ।
जन्तेढुंगा गाउँपालिकाभित्र स्वरोजगारको लागि दक्ष जनशक्ति उत्पादन गर्नु, होटल व्यवसाय सञ्चालनमा रहेका व्यवसायीहरुलार्ई आफ्नो व्यापार व्यवसायमा अझ कामयावी बनाउदै आर्थिक प्रर्वद्धनमा सहयोग पु¥याउनु र विदेशमा रोजगारीका लागि जान चाहने युवाहरुलाई पनि सिपमूलक जनशक्ति बनाउनु तालिमको मुख्य उद्धेश्य रहेको पालिका उपाध्यक्ष खेमबहादुर खड्का बताउनुहुन्छ । उपाध्यक्ष खड्का थप्नुहुन्छ-‘पालिकामा आउने अतिथिहरुको मन जित्न सके न व्यवसाय फस्टाउने हो र यसबाट आन्तरिक पर्यटनलाई पनि सवल बनाउन टेवा पुग्छ । ’
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रशिक्षकद्धय अरुण पाठक र धर्म उप्रेतीले कार्यक्रममा सहजिकरण गरिरहनु भएको छ । पालिकाले चालिस जनाका लागि तालिममा सहभागि संख्या निर्धारण गरेका भए पनि स्थानीयहरुको चाहना र मागका आधारमा ४६ जनाले सहभागिता जनाउनुभएको छ । यो तालिम जेष्ठ १९ गते सम्म सञ्चालन हुने पालिकाले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !