जेठ १८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि घुम्ती शिविरको आयोजना गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा साकेला गाउँपालिकाको पाँच वटै वडामा अपाङ्गता रोकथाम तथा पुनस्थापना शिविर सञ्चालन शुरु भएको छ ।
शिविर जेष्ठ १७ गते विहीवारदेखि साकेला गाउँपालिकाको वडा नम्बर–३ खिदिमाबाट सुरु भएको हो । स्वास्थ्यचौकी खिदिमामा आयोजित शिविरमा ५९ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । शिविरबाट आवश्यकता पहिचान गरि ४६ जनालाई अपाङ्गता कार्ड वितरण गरिएको छ ।
पहिचानको आधारमा पूर्ण अपाङ्गता (क वर्ग) रातो कार्ड पाउने ८ जना, अति अशक्त अपाङ्गता (ख वर्ग) निलो कार्ड पाउने ९ जना, मध्यम अपाङ्गता (ग वर्ग) सेतो कार्ड पाउने ४ जना र सामान्य अपाङ्गता (घ वर्ग) पँहेलो कार्ड पाउने १३ जना रहेका छन् । त्यस्तै नयाँ अपाङ्गता परिचयपत्र प्राप्त गर्नेहरुमध्ये ख वर्गको निलो कार्ड पाउने २ जना, सेतो कार्ड पाउने १ जना र पँहेलो कार्ड पाउने ९ जना रहेका छन् ।
शिविर आगामी जेष्ठ २१ गते सोमबारसम्म सञ्चालन हुने साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभयो । शिविरको दोश्रो दिन जेष्ठ १८ गते शुक्रबार वडा नम्बर–४, जेष्ठ १९ गते शनिबार वडा नम्बर ५, जेष्ठ २० गते आईतबार वडा नम्बर १ को राधाकृष्ण मावि बाँझेच्यानडाँडा र चण्डेश्वरी प्रस्तावित मावि डाँडागाउँ तथा जेष्ठ २१ गते सोमबार गाउँपालिकाको वडा नम्बर–२ स्थित साकेला आधारभूत अस्पतालमा सञ्चालन हुने बताईएको छ ।
गाउँपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन भएको कार्यक्रम गत माघ–१ गतेबाट लागू भएर तीन वर्ष अर्थात वि.सं. २०८३ पुस मसान्तसम्म सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ ।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्न सहयोग पुग्ने साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नागरिकलाई परेको समस्याप्रति साकेला गाउँपालिका सरकार संवेदनशिल छ, नागरिकको समस्या समाधान गर्ने प्रयत्न सरकारको तर्फबाट गरिनेछ ।’ गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारको लागि गाउँपालिकाको तर्फबाट थप कार्यक्रम बिस्तार गर्दै लगिने अध्यक्ष राईको भनाई छ ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेशन नेपालको ३५÷३५ प्रतिशत तथा स्थानीय तहको ३० प्रतिशत लगानीमा सञ्चालन हुने उक्त कार्यक्रम तीन वर्ष सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ ।
p
[ यो पनि-साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा }
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।