बैशाख २५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र नगरपालिकाको संयुक्त साझेदारी तथा राष्ट्रिय अपांग महासंघको प्राविधिक सहयोगमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण, अपांगता परिचय पत्र वितरण एवं आवश्यकता पहिचान शिविरलाई वडा–वडामा निरन्तरता दिइरहेको छ ।
शिविर सञ्चालनको १२ औँ दिन सोमवार दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ५ लफ्याङमा शिविर सम्पन्न भएको छ ।
लफ्याङमा भएको शिविरमा १९ जनाले नयाँ अपांगता परिचय पत्र लिएका छन् । यस्तै २३ जनाको कानको जाँच, १०८ जनाको आँखाजाँच तथा ४४ जनाको फिजियोथेरापी गरिएको थाहा भएको छ । अन्य ३९ जनाको स्वास्थ्य परिक्षण, १०३ जनालाई औषधि प्रदान गरिएको वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले जानकारी गराउनुभयो ।
वडाध्यक्ष घिमिरेका अनुसार शिविरमा ३ जनालाई ह्विलचेयर, ४ जनालाई कमोड चेयर, ६ जनालाई मा्डिफाइड सुज, २ जनालाई ट्रयाकिङ स्टिक, १ जनालाई स्प्लिन्टका लागि सिफारिस गरिएको छ ।
बैशाख १३ गते पाथेकाबाट शुरु गरिएको शिविर अब बैशाख २५ गते वडा नं. २ दिक्तेल, २६ गते वडा नं. १२ जालपा र २७ गते वडा नं. १ दिक्तेलमा सञ्चालन भएसँगै समपन हुने नगरपालिका महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इरन राईले जानकारी गराउनुभयो ।
[ यो पनि-आज शिविरको छैठौँ दिनः निर्मलीडाँडाका ६२ जना सेवाग्राही लाभान्वित }
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान