बैशाख २०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले विभिन्न व्यक्तित्वहरुलाई आफ्नो चौथो जिल्ला अधिबेशन उद्घाटन समारोहको अवसरमा पुरस्कार तथा सम्मान गरेको छ । बुधवार सदरमुकाम दिक्तेलबजारमा भएको चौथो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पत्रकार चिसाङ शेर्पालाई उत्कृष्ट पत्रकारिता पुरस्कार तथा पहिचानको अभियानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने पाँच जना व्यक्तित्वहरु र महासंघको भवनका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई सम्मान गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला घर भएका पत्रकार शेर्पालाई आयोजकले रु पाँच हजार राशीको नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । उहाँ समायोजन खबर डटकमका सञ्चालक तथा विभिन्न राष्ट्रिय सञ्चार संस्थाका खोटाङ संवाददाता भएर पत्रकारिता क्षेत्रमा लामो समयदेखि कृयाशिल रहनुभएको छ ।
यस्तै दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिवेशनमा महासंघले पहिचानको आन्दोलनलाई स्थापित गर्ने अभियानमा लागिरहेका पाँचजना व्यक्तित्वहरु पूर्वमन्त्री गोपाल किराती, गन्धमान राई, राजेश राई, विजय राई, उदिम चाम्लिङलाई सम्मानित गरिएको छ । उहाँहरुलाई पहिचानको आन्दोलनका क्रममा केहीदिन अगाडि पक्राउ गरी प्रहरी हिरासतमा समेत राखिएको थियो ।
यस्तै, महासङ्घको कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे निवासी फुर्वा शेर्पा तथा उहाँकी धर्मपत्नि पसलामू शेर्पालाई सम्मान गरेको छ । उहाँहरुले महासंघको भवन निर्माणका लागि थामखोरे डाँडामा मालपोत कार्यालयको दररेट अनुसार रु दश लाख दश हजार बराबरको आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको जनाइएको छ ।
पुरस्कृत पत्रकार शेर्पा तथा अन्य सम्मानित व्यक्तित्वहरुलाई नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उप–महासचिव एवं कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, विशेष अतिथिहरु गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष बिलाम मोक्तान, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई लगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
महासंघका अध्यक्ष फुर्वा शेर्पाको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उप–महासचिव रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यतामा विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित अधिवेशनको उद्घाटन गरिएको थियो ।
अब नयाँ नेतृत्व चयन गरेर चौथो अधिवेशन समापन गरिने अध्यक्ष शेर्पाले बताउनुभयो ।
उद्घाटन समारोह-पुरस्कार तथा सम्मान प्रदान
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।