जेठ २०, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिकालार्ई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । स्वास्थ्य शाखा प्रमुख जीवनप्रसाद चौलागाइका अनुसार पूर्ण खोप-सुरक्षित भविष्य, पूर्णखोप पालिका सुनिश्चितता तथा दीगोपना गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम रावाबेसी गाउँपालिका भित्रका १५ महिनादेखि ५९ महिना मुनिका सबै बालबालिकाले पूर्ण खोप लगाएको र ० देखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै पालिकालाई आर्थिक वर्ष २०८०/०८१ को लागि पूर्ण खोप सुनिश्चत पालिका घोषणा गरिएको हो ।
आज जेठ २० गते आईतवार रावाबेसी गाउँपालिकाको केन्द्र हरमटारमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाई लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा अन्य उपस्थित नागरिकहरुले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेसँगै औपचारिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जनाइएको छ ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए÷नपाएको एकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेसँगै सबै शर्तहरू पूरा गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम गाउपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको सभापतित्व तथा जिल्ला सम्मन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विशेष अतिथि रावाबेसी गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ, का साथै अन्य अतिथिहरु जिल्ला समन्वय अधिकारी नारायणप्रसाद भट्टराई, रावाबेसी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जीवनप्रसाद चौलागाई, वडाका वडाध्यक्षहरु, स्वास्थ्यकर्मीहरु लगायत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।
यस अगाडि जेष्ठ ४ गते साकेला गाउँपालिकाले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिसकेको छ ।
[ यो पनि-साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा }
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।