असार ०६, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध जनचेतनामूलक कार्यक्रमहरुका साथ ट्राफिक सप्ताह -२०८२ मनाइदैछ । पहिलो दिन आषाढ ६ गते शुक्रवार प्रभातफेरी तथा लामो दुरीका यात्रुवाहक एउटा सुमो र एउटा अटोमा स्टिकर टाँस तथा विद्यार्थीलाई हेलमेट लगाएर ट्राफिक सप्ताह-२०८२ को आजदेखि शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले हलेसी एफ एमलाइ बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्य र समन्वयमा आयोजित ट्राफिक सप्ताह एक हप्तासम्म विभिन्न ट्राफिक सचेतनामूलक कार्यक्रम गरी मनाइने जिल्ला ट्राफिक प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
एक साता सम्म चल्ने ट्राफिक सप्ताह कार्यक्रममा जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने नियमहरू, ट्राफिक सङ्केतहरूको प्रयोग, हेलमेट तथा सिट बेल्ट प्रयोग, चोक–चोकमा स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालकलाई सम्झाई बुझाइ गर्ने लगायतका कार्यक्रमहरु हुनेछ ।
जिल्ला प्रहरी कार्यलय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक बिष्टको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सागर शाह, यातायात व्यवसायी संघका सदस्य एवम् यातायात व्यवसायीहरु, राष्ट्रसेवक कर्मचारीहरु, यातायात मजदुरहरु, टिकट काउन्टरका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरुका साथै स्थानियवासी, बुद्दिजिवी, भद्रभलाद्मी सहितको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !