बैशाख १६, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत प्रदान गरिएको छ । बैशाख १४ गते सामुदायिक वनमा लागेको डढेलो नजिकै रहेको वस्तिमा फैलिन गई घर तथा मतान जलेर पीडित बनेका परिवारहरुलाई शनिवार हलेसीतुवाचुङ नगरपालिका र वडा नं. ९ सल्ले वडा कार्यालयबाट राहत प्रदान गरिएको हो ।
आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको खगेन्द्र बिक, मदन बहादुर थापा मगर, भेष बहादुर मगर, इन्द्र बहादुर थापा, गोपाल बहादुर थापा मगर र झन बहादुर थापालाई नगरपालिकाको तर्फबाट त्रिपाल र ब्ल्याङकेट एक–एकथान तथा खाध्य सामाग्रीको रुपमा प्रति परिवारलाइ ३० केजी चामलका दरले राहत उपलव्ध गराईएको थाहा भएको छ ।
यसैगरी वडा कार्यालय सल्लेको तर्फबाट छ परिवारलाई प्रति परिवार चामल ३० केजी, दाल दुई केजी, चिनी एक केजी, चिउरा दुई केजी, आलु दुई केजी, खानेतेल दुई पोका, बेसार एक पोका, मसला २०० ग्राम र प्रत्येकलाई एक–एकवटा त्रिपाल वितरण गरिएको जनाइएको छ ।
आगलागीबाट बस्तुगोठ जलेका योग बहादुर मगरलाई नगर र वडा कार्यालयको तर्फबाट एक–एकवटा त्रिपाल वितरण गरिएको छ ।
अग्निपीडित परिवारहरुलाई नगरपालिकाका प्रमुख बिमला राई र सल्लेका वडाध्यक्ष काशीराज राईले घटनास्थलमै पुगी राहत प्रदान गर्नुभएको थियो ।
अग्निपीडित परिवारको आवास पुनःनिर्माणका लागि नगरबाट जस्तापाता उपलव्ध गराउने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।