भदौ २९, २०८० , Rawabesi Rum
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाँउपालिक १ कुभिन्डे वडा कार्यलयको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिकातिजको अवसरमा असोज १ गते तिज विशेष विभिन्न कार्यक्रम हुने भएको छ । उक्त दिन संगिनी नित्य, हण्डिफोर, म्युजिककल चियर, सामुहिक नृत्य र अन्य बिविध प्रतियोगिता गरिने रावाबेसी गाउँपालिका वडा नं. १ कुभिन्डेका वडा अध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो ।
मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले सो कार्यक्रमको आयोजनागरिएको राईले बताउनु भयो । उक्त कार्यक्रमहरुमा प्रतियोगिहरुलाई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था पनि गरिएकोे वडा सचिब तेजकुमार राउतले जानकारी दिनु भएको छ । उहाँका अनुसार संगिनी नित्यमा वडा बाट छुट्टयार्ईएको जम्मा रकम रु १२००० मध्येबाट संगिनी नित्यमा सहभागी टिम सबैलार्ई प्रोत्साहान स्वारुप बराबर दिने पनि बताउनु भयो ।
हण्डिफोरतर्फ प्रथम लार्ई साबुन ४ थान ,सामुहिक नित्यमा प्रथम लार्ई रु ६००० द्धितियहुनेलार्ई ४५००, र तृतिय हुनेलाई ३००० र म्युजिक कलचियर तर्फ प्रथमलार्ई साबुन ४ थान द्धितियलार्ई साबुन ३ थान रतृतियलार्ई साबुन २ थान बितरण गर्ने वडा सचिब तेजकुमार राउतले बताउनु भयो ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेली लाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा–मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।

अहिले एक महिना अगाडिदेखि फेसबुक र युटुबमा नेपाली दिदीबहिनीहरुको तिजमा नाजगान गरेको फोटो र भिडियो देख्न सकिन्छ । बर्षमा एक चोटि मनाइने पर्व अहिले हप्तौ होइन झन्डै एक महिना अघि देखिनै सुरु भएको देखिन्छ जसले गर्दा परिवारिक झगडा र कोलाहल समाजमा वृद्धि भएको पाइन्छ ।चाडलाइ प्रतिस्पर्धाको रुपामा लिएकै कारण अहिले सबैभन्दा बडि हुनेखाने बर्गलाई लागेको छ भने हुँदा खाने बर्गलाई चाडपर्ब पनि अभिषाप बन्दै गएको भान हुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान