फागुन २७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको बारेमा जानकारी गराउदै यसको कार्य क्षेत्र, यसबाट उपलव्ध हुने सेवा र सुविधाहरु तथा यसका समस्या र चुनौतिहरुको बारेमा एकदिने गोष्ठीको आयोजना गरेको छ । महुली सामुदायिक लघुवित्तकी बचतकर्ता तथा केन्द्र नं. १० का केन्द्र प्रमुख गिता थापा को अध्यक्षता तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज राईको प्रमुख आतिथ्यतामा फागुन २७ गते महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको बारेमा जानकारी गराउदै यसको कार्य क्षेत्र, यसबाट उपलव्ध हुने सेवा र सुविधाहरु तथा यसका समस्या र चुनौतिहरुको बारेमा एकदिने गोष्ठीको आयोजना गरेको हो ।
कार्यक्रममा महुली केन्द्रीय कार्यालय कर्जा व्यवस्थापन विभागका विभागीय प्रमुख विजय यादव, कार्यपालिका सदस्य मिना कार्की, मौली लघुवित्त कार्यालय अर्खोलेका प्रमुख सुरेश चौधरी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोपिला भुजेलको समेत उपस्थिति रहेको थियो ।
महुली लघुवित्त दिक्तेल शाखा अन्तर्गत १५७ केन्द्रहरू रहेका र सबै केन्द्रबाट प्रतिनिधित्व रहेको मौलिक दिक्तेल शाखाका प्रमुख चेतन पहाडीले बताउनुभयो । केन्द्र सञ्चालनमा भएका अवसर समस्या र चुनौतीहरूलाई चिर्न र केलाउनको लागि कार्यक्रमको आयोजना गरिएको कर्जा प्रमुख विजय यादवले बताउनुभयो । उक्त कार्यक्रमको अवसरमा १० जना उत्कृष्ट सदस्य र दुईवटा उत्कृष्ट केन्द्र र एकजना उत्कृष्ट उद्यमीलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट सदस्यहरूमा गीता थापा केन्द्र नम्बर १०, राधा चौलागाईं केन्द्र नम्बर ६३, संगीता थापा केन्द्र नं ५, गीता खत्री केन्द्र नम्बर ५३ , चित्रकला घिमिरे केन्द्र नम्बर २९, कविता कुमारी कठेत केन्द्र नम्बर ८२, रबिना राई केन्द्र नम्बर १६, गीता राई केन्द्र नम्बर ५५ र अमर कुमारी राई केन्द्र नम्बर ११० रहेका छन् ।
यसैगरी उत्कृष्ट सदस्यमा केन्द्र नम्बर ३१ कै प्रेमिला राई, उत्कृष्ट बचतकर्तामा प्रेम दोर्जी शेर्पा केन्द्र नम्बर १०८ र उत्कृष्ट उद्यमी खिना विश्वकर्मा सम्मानित भएका छन् । सो कार्यक्रममा विशेष अतिथि वित्तीय कर्जा विभागीय प्रमुख विजय कुमार यादव, प्रमुख अतिथि नवराज राई तथा कार्यक्रमका सभापति गीता थापाले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका वीच वीचमा संगम टोल महिला बिकास केन्द्र दिक्तेलले खैजडी भजन र संगिनी नृत्यमा बित्तिय सन्देश प्रवाह गरिएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !