माघ १७, २०८१ , Khotang
पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । माघ १६ गते शहिद दिवसको अवसर पारेर साकेला गाउँपालिकाको आयोजना तथा राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाको व्यवस्थापनमा वडा नम्बर १ स्थित बाँझे खेलमैदानमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य समारोहवीच उद्घाटन भै खेल प्रतियोगिता शुरु भएको हो ।
उद्घाटन समारोहका केही झलकहरु
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष रविप्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन गाउँपालिका सरकार प्रतिवद्ध भएर लागि परेको बताउनुभएको छ । गाउँपालिकाको समग्र क्षेत्रको विकास भईरहँदा सुसंस्कृत, संस्थागत र समृद्ध साकेला निर्माणमा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउनुहुँदै अध्यक्ष राईले पालिकाको खेल जगतलाई माथि उठाउनको लागि संस्थागत रुपमा लागि पर्ने बताउनुभयो ।
उहाँले आजका विद्यार्थी नै भोलिको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा ध्यान दिनु जरुरी भएको समेत बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालय र खेलाडी विद्यार्थीहरुलाई आफ्नो विद्यालयको जितको लागि मात्र खेल खेल्नु भन्दा सिंगो पालिकाको प्रतिष्ठालाई माथि उठाउने दृढ संकल्पका साथ सहभागि हुन निर्देशन समेत अध्यक्ष राईले दिनुभयो ।पालिकास्तरीय छनौट खेलहुँदै जिल्ला, प्रदेश र संघ सम्म हुने प्रतियोगितामा पुगेर साकेला गाउँपालिकाको नाम उच्च राख्न अध्यक्ष राईले सम्पूर्ण खेलाडि विद्यार्थीहरुलाई शुभकामना समेत प्रदान गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउनुभयो । पालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाउन पालिका सरकार लागिरहेको बताउनुहुँदै पालिकाले गर्ने हरेक विकास र गतिविधिहरुमा आम नागरिकको सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।
साकेला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेमन राईको अध्यक्षतामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी शुक्रबार सम्म सञ्चालन हुने जनाईएको छ । पालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा भलिवल तर्फ छात्रछात्रा, कब्बडी, हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौड लगायत विभिन्न २६ विधामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिष्पर्धा हुने व्यवस्थापनको जिम्मा पाएको विद्यालय राधाकृष्ण माविका प्रधानाध्यापक हिराधन गुरुङलले जानकारी दिनुभयो । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध भएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्नेछ । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन(जान तथा अन्य व्यवस्थापन खर्चको व्यवस्थापन समेत पालिकाले गर्नेछ । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने समय तालिका टुङ्गो लागेको छैन ।
उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सँगै प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, शिक्षा शाखा संयोजक कविराज राई, निर्वाचित जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विध्यार्थीहरुका साथै पूर्व जनप्रतिनिधिहरु लगायतको वृहत उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !