चैत्र १७, २०७९ , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ उध्योग वाणिज्य संघको अध्यक्षमा दिक्तेलवजारका व्यवसायी राजनप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । निकै चासो र चर्चाका वीच विहिवार उध्योग वाणिज्य संघको कार्यालय परिसरमा भएको निर्वाचनमा उहाँले ३३४ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रत्यासी समुन्द्रप्रसाद जोशीले १३८ मत ल्याउनुभएको छ ।
यसैगरी महासचिवमा दिक्तेलवजारकै अजय वस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रत्यासी सुमन श्रेष्ठलाई २१८ मतले पछि पार्दै ३४१ मत ल्याएर निर्वाचित हुनुभएको हो । प्रत्यासी सुमन श्रेष्ठले १२३ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा युधिर शाक्य निर्वाचित हुनुभएको छ । उहाँले २६० मत ल्याउनुभएको छ भने उहाँका प्रत्यासी नेत्र कटुवालले १८९ मत प्राप्त गर्नुभएको छ ।
सदस्यहरुमा कुमार वजिमय (३७१) , कृष्णकुमार श्रेष्ठ मणि (२७८), टंकप्रसाद आचार्य (३०३), रोशन सैँजु (३१३), विपिन श्रेष्ठ (२७७), हिरालाल पुरी (२७२), कैलास भट्टराई (२५२) मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । निर्वाचनमा जम्मा ४७९ सदर मत खसेको थियो ।
वरिष्ठ उपाध्यक्षमा मनोजकुमार वजिमय, प्रथम उपाध्यक्षमा विजयस्वर श्रेष्ठ, द्धितिय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यहरुमा गोपीमाया आचार्य, रेणुका पोखरेल र विमला राई निर्विरोध चयन हुनुभएको छ । १७ जना निर्वाचित , २ जना मनोनित र निवर्तमान अध्यक्ष सहित संघमा २० जनाको कार्य समिति रहनेछ ।
.
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !