जेठ १५, २०८० , Khotang
- सुनिल श्रेष्ठ
नेपालमा इतिहासले एउटा ऐतिहासिक मोड लिएको अविष्मरणीय दिन हो आज । मुलुकमा करिब अढाई सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रको बिदाइ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन हो आज ।
आधुनिक नेपालको इतिहासलाई केलाउँदा पृथ्विनारायण शाह पछि को नेपालको इतिहासलाई सम्झिन्छौँ । त्यस अगाडि नेपाल विभिन्न टुक्रा राज्यहरुमा विभाजित थियो । राजा पृथ्विनारायण शाहको नेतृत्वमा राज्य एकिकरणको अभियान अगाडि बढेपछि विभिन्न कालखण्डमा विविध आरोहअवरोह छिचोल्दै वर्तमान नेपालको तस्विर निर्माण भएको हो । त्यसै क्रममा शासन सत्ता सञ्चालनको इतिहासमा अनेकौँ घुम्ति र कुइनेटाहरु नेपालको इतिहासमा तय भएका छन् । शाहवंका राजा राजेन्द्र विक्रम कै पालामा १०३ वर्षको राणाकालिन शासनको उदय भयो । त्यसको सुत्रधार जंगबहादुर राणालाई इतिहासले छुट्टै व्यक्तित्वका रुपमा सम्झिन्छ । राणाकालका अन्तिम श्री ३ महाराज तथा प्रधानमन्त्रि मोहन शमसेरको पालामा देशमा प्रजातन्त्र स्थापना भयो ।
२००७ साल फागुन ७ गते देशमा तात्कालिन राजा त्रिभूवनबाट प्रजातन्त्र घोषाणा भएपछि नेपालको इतिहासमा प्रजातान्त्रिक युगले प्रवेश पायो । तर २०१७ साल पौष १ गते पुन प्रजातान्त्रिक आकाशमा निरंकुशताका काला वादल मडारिन पुग्यो । त्यसपछि करिव २९ वर्ष निर्दलीय पंचायती शासन संचालन भयो । २०४६ सालको जनान्दोलनबाट मुलुकमा पुन प्रजातन्त्र स्थापन भयो । प्रजातन्त्र पुनस्थापना अभ्यासको पूर्वसन्ध्यामै देशमा तत्कालिन माओवादी शक्तिले जनयुद्धको घोषाणा गर्यो ।
२०५२ साल फागुन १ गते औपचारिक रुपमा घोषाणा भएको माओवादी जनयुद्धको उत्कर्षतातिर पुग्दैगर्दा रहस्यात्मक ढंगले दरवार हत्याकाण्डबाट सौम्य र शालिन राजा वीरेन्द्रको वंशनाश भयो । २०५८ जेष्ठ २९ गते राती भएको उक्त दरवार हत्याकाण्डको रहस्य अझसम्म पर्दाफास हुनसकेको छैन । जसरी नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेष्ठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटना भै हत्या भयो र अझसम्म त्यसको सत्य तथ्य घटना पत्ता लाग्न सकेको छैन, त्यसरी नै दरवार हत्याकाण्डको रहस्य पनि अझसम्म उजागर हुन सकेको छैन ।
त्यसपछि गोली लागेर मृत्युको नजिक पुगेका अचेतावस्थामा युवराज दीपेन्द्र छोटो समयका लागि राजा घोषित भए पनि उनलाई बचाउन सम्भव भएन । जेठ २२ मा दीपेन्द्रको अचेत अवस्थामा नै मृत्यु भएपछि राज्य सहायक ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो । उनले देशमा भइरहेको माओवादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै वि.सं. २०६१ माघ १९ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले । तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रे ।
२०६३ बैशाख ११ मा राजा ज्ञानेन्द्रद्वारा राति ११ः३० मा देशबासीको नाममा सम्बोधन गरे। सम्बोधनमा राजाबाट नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै रहेको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै बर्तमान जन आन्दोलन मार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनैतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्व लगायत समग्र समस्याहरूको समाधान गर्दै तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा २०५९ जेठ ८ मा विघटित भएको प्रतिनिधि सभालाई नेपालको संविधान २०४७ बमोजिम पुनस्थापित गरि, पुनस्थापित प्रतिनिधि सभाको बैठक वैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद भवन सिंहदरबारमा बस्ने गरि आह्वान गरे।
प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका सात राजनीतिक दलले वि.सं. २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनर्स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन् ।
विसं. २०६२/६३ को जनआन्दोलनको जगमा गठन भएको जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । विसं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रद्वारा २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थना गरिएको थियो भने विसं. २०६३ जेठ ४ गतेको संसद्को बैठकले राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसै गरी सो बैठकले तत्कालीन सशस्त्र आन्दोलनरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधान सभाको निर्वाचन गर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो ।
यसै राजनीतिक विकासक्रमको जगमा २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भएको थियो । सोही संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । त्यसै गरी २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी ग-यो ।
यसरी इतिहासको आँखिझ्यालबाट नियाल्दा गणतन्त्र स्थापना भएको डेढदशक वितिसकेको छ । यसका लागि कैयौँ नेपालआमाका सपूतहरुले अमूल्य जीवन त्याग गरी शहादत प्राप्त गरेकाछन् । कैयौँ घाइते अपांग बनेर अपाहिज जीवन गुजारीरहेकाछन् । तर के शहिदको सपनामा स्वर्णीम रङ्गहरु कोर्न हामी सफल बन्यौँ त ? समावेशी, समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा आम नेपालीहरुले आफूलाई गौरवशाली नेपालीका रुपमा अनुभूत गर्न पाइरहेकाछन् त ? अब निर्ममताकासाथ समिक्षा गरेर अगाडिको यात्रा तय गर्न जरुरीभएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !