जेठ ०४, २०८१ , खोटाङ
‘स्थानीय वस्तुहरुको चिनारी र संस्कृति झल्कने मौलिक संरचनाहरुको विकास गर्नु आजको आवश्यकता भएको छ ।’-सनबहादुर राई (प्रमुख,जिल्ला समन्वय समिति खोटाङ)
‘जुनसुकै काम गर्दा पनि मन देखिनै निष्ठा, ईमान्दार र बफादार भएर काम गर्न सके आफू र समाजलाई परिवर्तन गर्न सकिनेछ ।’-रविप्रकाश राई (अध्यक्ष, साकेला गाउँपालिका, खोटाङ)
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा अतिथि पाहुनाहरुलाई स्वागत गर्ने संस्कारको विकास गराउन होमस्टे तालिम सञ्चालन गरिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौ, घरेलु तथा साना उद्योग कार्यालय दिक्तेल र साकेला गाउँपालिकाको सँयुक्त आयोजनामा सात दिन सम्म सञ्चालन गरिएको होमस्टे तालिम बिहीबारसम्म सञ्चालन गरिएको हो ।
आतिथ्य सत्कार, स्वच्छ र अर्गानिक खाना, रैथाने संस्कृति जगेर्नाको बारेमा सहभागिहरुलाई तालिम मार्फत सहजिकरण गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटकले खोज्ने सेवा, सुविधाको माग परिवर्तित भइरहेको अवस्थामा सोहीअनुरुप स्थानीय स्तरमा रहेका स–साना होटल तथा निर्माण भईरहेका होमस्टेलाई स्तरोन्नति गर्दै लैजानुपर्ने अवधारणाका साथ गाउँपालिकाले त्रिपक्षीय लागत साझेदारीमा तालिमको आयोजना गरेको हो । तालिममा स्थानीय २८ जनाले सहभागिता जनाएका थिए ।
साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको प्रमुख आथित्यतामा होमस्टे तालिमको समापन गरिएको छ । स्थानीय आगन्तुक होटलमा सञ्चालन गरिएको उक्त तालिममा सिकेको कुरालाई सहभागिहरुले विभिन्न परिकारहरु बनाएर अतिथि तथा समापन समारोहमा सहभागिहरुलाई खुवाएका थिए ।
जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले आफूसँग भएको ज्ञान र सीपलाई परिस्कृत गरि स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न, मौलिक संरचनाहरुको संरक्षण र जगेर्ना, भएका घरहरुलाई सरसफाईका साथै परिस्कृत गर्नु नै होमस्टेको विकास भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले वाह्य पर्यटकहरु सहरबजार भन्दा गाउँघरमा घुम्नडुल्न मन पराउँछन्, आन्तरिक पर्यटक समेत डाँडाकाँडा र पर्यटकीय स्थलहरुमा रमाईरहेका हुन्छन्, उनिहरुले खोजेजस्तो स्थानीय वस्तुहरुको चिनारी र संस्कृति झल्कने मौलिक संरचनाहरुको विकास गर्नु आजको आवश्यकता भएको छ ।’ यहाँ सञ्चालन भएको होमस्टे तालिमले पर्यटनको क्षेत्रमा विकास गर्न टेवा पुग्ने उहाँको भनाई छ ।
साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईले जुनसुकै काम गर्दा पनि मन देखिनै निष्ठा, ईमान्दार र बफादार भएर काम गर्न सके आफू र समाजलाई परिवर्तन गर्न सकिने र सो कार्यले समृद्धिको गन्तव्यसम्म पुग्न सकिने धारणा व्यक्त गर्नुभयो । आफूले तालिममा सिकेका सीप र कलालाई प्रयोग गर्न सके आत्मनिर्भर बन्न समस्या नहुने उहाँको भनाई छ । अध्यक्ष राईले भन्नुभयो–‘स्थानीय संस्कृतिको जगेर्ना गर्नु महत्वपूर्ण पाटो हो, गाउँमा आउने पाहुनालाई ऐतिहासिक पर्यटकीय स्थलको बारेमा जानकारी गराउने, गाउँमै उत्पादिन खान्की खुवाउने हो भने होमस्टेको विकास सहज तरिकाबाट हुन्छ, यस्ता कार्यले साकेला गाउँपालिकाले सजाएको समृद्धिको सपना पुरा हुन्छ ।’
‘होमस्टे’ सांस्कृतिक संगठनका रूपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राक्रममा ‘ग्रामिण भेगका घरमा बास बस्ने’ भन्ने अर्थ दिन्छ । यसले ग्रामिण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्था जनाउँछ । यसलाई परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ ।
‘साकेला गाउँपालिकाभित्र रहेका डाँडाकाँडा, खोलानाला, फाँट तथा उर्वर जमिनलाई साँस्कृतिक र ऐतिहाँसिकसँगै आधुनिकता जोडेर रुपान्तरित गर्ने प्रयत्नमा हामी लागिरहेका छौं ।’ अध्यक्ष राईले भन्नुभयो–‘त्यसले मात्र साकेला गाउँपालिकालाई समृद्ध साकेला बनाउन सकिन्छ ।’
पाँचवटै वडाबाट आएका तालिमका सहभागिहरुलाई गाउँपालिका अध्यक्ष, समन्वय प्रमुख, वडा अध्यक्षहरु लगायतले होमस्टे सञ्चालनका लागि आधिकारिकता सहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ । तालिमको सहजिकरण नेपाल पर्यटन तथा होटल प्रतिष्ठानको तर्फबाट श्रीराम तिमल्सिनाले गर्नुभएको थियो भने प्रतिष्ठानकै तर्फबाट अरुण पाठकको पनि व्यवस्थापकीय भूमिकामा तालिममा उपस्थिति रहेको थियो ।
तालिम समापन समारोहमा स्थानीय राजनैतिक दलका प्रतिनिधि, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
होमस्टे तालिम समापन समारोहका केही झलक
[ अन्य साकेला खवर-साकेलामा भुक्तानी शिविरबाट ३९८ जनाले पाए सेवा }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !