चैत्र २७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.२ सोल्मास्थित जनजागृति माध्यमिक विद्यालयले वार्षिक परीक्षाको नतिजा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईई एम आई एस) बाट प्रकाशन गरेर जिल्लाको शैक्षिक प्रणालीमा नयाँ प्रविधि–अभ्यास शुरु गरेको छ ।
हालसालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकसित गरेको सफ्टवेयर आईईएमआईएस प्रयोग गरेर दिक्तेल सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनको व्यवस्थापनमा सञ्चालनमा आइरहेको जनजागृति माध्यामिक विद्यालयले कक्षा–१ देखि कक्षा–९ सम्मको परीक्षाको वार्षिक नतिजा प्रकाशन गरिएको विध्यालयका प्रधानाध्यापक पदमकुमार राईले बताउनुभयो । यो सफ्टवेयरमार्फत नतिजा प्रकाशन गर्दा विधार्थीको जन्म मिति, सिम्बल नम्बर, ईमिस कोड नम्बर, प्राप्ताङक नम्बर, प्रयोगात्मक नम्बर र कूल जिपिए सिस्टममा देखिनेछ । जुन विधार्थीको नतिजा सिधै मन्त्रालयबाट हेर्न सकिनेछ ।
अन्य विद्यालयहरुले भने परम्परागत शैलिमा हातैले लेखेर नतिजा प्रकाशन गरिरहेका छन् ।
नमूना शैक्षिक संस्थाका रुपमा प्रवद्र्धन गरिदै आएको यो विध्यालयमा हिमाल, पहाड, तराईका गरी करीव १५० भन्दा बढी बालबालिका अध्ययनरत रहेको विध्यालय श्रोतले जनाएको छ । यहाँ विध्यार्थीहरुका लागि आवासको समेत प्रवन्ध गरिएको छ । सिक्दै व्यवहारमा लागू गर्ने शैक्षिक विधिलाई यहाँ विध्यार्थीहरुवीच लागू गरिदै आएको बताइन्छ ।
विध्यालयले आईईएमआईएस प्रकाशन गरिएको नतिजा अनुसार कक्षा–१ मा डोल्पाका टोप प्रसाद रोकाय प्रथम र खोटाङका सुभचन परियार दोश्रो भएका छन् । कक्षा–२ मा गोरखाकी शिवान गुरुङ प्रथम र खोटाङका एन्जल राई दोश्रो, कक्षा–३ मा दोलखाका सुदिप थामी प्रथम र डोल्पाकी अनिता बोहोरा र खोटाङका रोनिस राई दोश्रो भएका छन् । कक्षा–४ मा खोटाङका निर्भय कार्की प्रथम हुँदा धादिङका अशोक नेपाली दोश्रो भएका छन् ।
कक्षा–५ मा बाजुराका बेदन मिजार प्रथम, धादिङकी तिलकुमारी नेपाली दोश्रो, कक्षा–६ मा मुगुकी दिकु लामु तामाङ प्रथम, मकवानपुरका अबिचल मसाइ मगर दोश्रो, कक्षा–७ मा सिरहाकी आरती कुमारी महतो प्रथम, मुगुकी पासाङ लामु लामा दोश्रो, कक्षा–८ मा खोटाङका अनिस कार्की प्रथम, रुकुमका एन्जल विष्ट मगर र लम्जुङकी अनुसा वाग्ले दोश्रो र कक्षा–९ मा मुगुका विवेक रावत प्रथम हुँदा गोरखाकी शिवानी गुरुङ दोश्रो भएकी छन् । बाजुराका बेदन मगर विद्यालय प्रथम भएका छन् । उनी कक्षा–५ मा प्रथम पनि हुन् ।
वार्षिक परीक्षामा प्रथम र दोश्रो हुने विद्यार्थी तथा विद्यालयको आन्तरिक विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले पुरस्कार वितरण गर्नुभएको थियो ।
फाउण्डेसनका प्रवन्ध निर्देशक एवंम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुर्यबहादुर राईको अध्यक्षतामा सोमवार भएको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा सोल्माका वडाध्यक्ष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शैक्षिक सुधार कार्यदलका सदस्य, अभिभावक लगायतको उपस्थिति रहेको थिायो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !