भदौ १८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा जिल्ला अस्पताल खोटाङको जनसरोकारको विषयमा वृहत नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति खोटाङको आयोजना तथा वाल सेवा समाज नेपाल खोटाङको सहआयोजनामा आज जिल्ला अस्पतालको सेवाप्रवाहसँग सम्बन्धित जनसरोकारको विषयमा वृहत नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा जिल्ला समन्वय प्रमुख सनबहादुर राईको अध्यक्षतामा आज करिव ४ वजेदेखि शुरु भएको नागरिक संवादमा सहभागीहरुले जिल्ला अस्पतालबाट भैरहेको स्वास्थ्य सेवाका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञासाहरु राखेका थिए ।
नागरिक संवादमा उठेका सवालहरुलाई ध्यानमा राखेर विभिन्न वुँदाहरुमा साझा सहमति खोजिदै त्यसलाई कार्यान्वयनमा लैजान सरोकार पक्षहरुका साथै सबै दलहरु र नागरिक समाज समेतले एक्यवद्धता जाहेर गरेकाछन् ।
कार्यक्रममा उठेका विषयहरुलाई गम्भिरताका साथ समेटने गरी भएका सहमतिहरुमा पहिलो प्राथमिकता अन्तर्गत जिल्ला अस्पताल खोटाङमा १ महिना भित्र स्थायी रुपमा डाक्टर व्यवस्थापन गर्न राजनीतिक दल, जिल्ला प्रसाशन, स्थानीय सरकार तथा अस्पताल व्यवस्थापन समितिले नेतृत्वदायी र उपलब्धीमूलक भूमिका निर्वाह गर्ने भनिएको छ ।
त्यसैगरी अस्पताल परिसर तथा इमर्जेन्सी आसपासमा आपतकालिन शौचालय निर्माण गर्ने र हालका शौचालय, भवनहरु सरसफाई गर्ने, गराउने, विरामी काउन्सेलिङका लागि काउन्सिलरको व्यवस्था गर्ने, अस्पताल व्यवस्थापन समितिको बैठक बसी आवश्यकीय मेसिन औजार उपकारणको लिष्ट तयार गरी सामान्य उपचारका लागि पनि अभाव भएका त्यस्ता औजार उपकारणको मर्मत, व्यवस्थापन तथा प्रबन्ध गर्ने सरोकार पक्षहरुबाट प्रतिवद्धता जाहेर भएको छ ।
जेष्ठ नागरिक तथा अपांग भएका व्यक्ति असक्त महिला र असहायहरुलाई उपचारमा प्राथमिकता दिने तथा बस्ने स्थानको उचित प्रबन्ध गर्ने, निशूल्क तथा बीमा बमोजिमको औषधीको प्रबन्ध गर्ने व्यवस्थापन समिति तथा सरोकारवालाहरुले सशक्त भुमिका खेल्ने जनाइएको छ ।
नागरिक बडापत्र र निशूल्क औषधीको लिष्ट टिकेट काउन्टर नजिक बुझिने भाषमा देखिने गरी राख्ने, विगतको अस्पतालमा भएको भ्रष्टाचार सम्बन्धी सवालहरुलाई निष्कर्षमा पु¥याउने, वीमाको प्रभावकारी कार्यान्वयनका लागि अस्पताल प्रशासन र अस्पताल विकास समितिले विशेष ध्यान दिने, राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनको क्रममा औंलाएका सुझावहरुलाई कार्यान्वयन गर्ने, स्तनपान तथा सहायता कक्षको प्रबन्ध गर्ने,
दिर्घकालिन रुपमा सम्बोधन गर्नुपर्ने अन्य विषयमा पुनः सरोकारवालाहरुबीचमा बसेर योजना निर्माण गरी कार्यान्वयनमा जाने, निर्माणधिन पूर्बधार संरचना अझ बढी अपांग र सेवाग्राही मैत्री बनाउने र निर्माण कार्य चाडो सम्पन्न गर्न तागेता गर्ने भनेर आजको नागरिक संवादबाट सुझाव, निष्कर्ष र सहमति भएको वाल सेवा समाज नेपाल खोटाङका प्रवन्ध निर्देशक युवराज रिजालले जानकारी दिनुभएको छ ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
त्यसैगरी राजनैतिक दलहरुका तर्फबाट पूर्व सांसद कुलप्रसाद फुयाल, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेस खोटाङकी महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्य, नेकपा माओवादी केन्द्र खोटाङका अध्यक्ष दिपक पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष ललितकुमार राई (जीवन), जनता समाजवादी पार्टीका प्रतिनिधि नैनबहादुर कटवाल, नेकपा एस खोटाङका अध्यक्ष जलसेर राई, रास्वपा खोटाङका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नागरिक संवादमा जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरु, जिल्ला अस्पतालका कर्मचारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्रि छत्रकुमार वजिमय, दिक्तेल उध्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।
जिल्ला अस्पतालको सेवा प्रवाहको विषयमा व्यापक जनगुनासो आईरहेको सन्दर्भमा आज भएको नागरिक संवादले प्रदेश, संघका सरकारको पनि ध्यानाकर्षण हुने र अस्पतालको आन्तरिक व्यवस्थापनमा पनि सुधार हुने जनअपेक्षा रहेको स्थानीय बताउँछन् ।
नागरिक संवादका केही झलकहरु
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !