चैत्र ०२, २०८१ , Khotang
स्वामी बाबा महाराजबाट भक्तजनहरुलाई आशिवर्चन प्रदान
हलेसीन्युजडेस्क, खोटाङ /
विश्वचर्चित स्वामी १००८ बाबा कालिदाश कृष्णानन्द महाराजले आज दिक्तेलवजारस्थित मझुवा कालिका भगवती मन्दिरको दर्शन गर्नुभयो । स्वामी कालिदाश कृष्णानन्द महाराजले आज चैत्र २ गते ओखलढुंगास्थित मोलङ गाउँपालिका ४ स्थित जलजलेश्वर मन्दिरको दर्शन गरी आफ्नो जन्मस्थल सानीटार गएर स्थानीयवासीहरुसँग भेटघाट गरी सोझै दिक्तेलस्थित मझुवाकालिका देविस्थान मन्दिर आइपुग्नु भएको थियो ।
ओखलढुंगाबाट स्वामी कालिदाश महाराज हलेसी आउने पूर्व जानकारी भएपनि आज अपरान्ह ३ वजे सोझै मझुवाकालिका देविस्थान परिसरमा आइपुग्नुभएको थियो । हेलिकप्टरबाट मझुवागढी छेउ हलेसी सशस्त्र गुल्मको प्रांगणमा अवतरण गरी त्यहाँबाट पैदलमार्ग भएर मझुवाकालिका देविस्थान परिसरमा आइपुग्नुहुँदा उहाँलई बाक्लो भक्तजनहरुले जयजयकारका साथ स्वागत गरेका थिए । स्वामी कालिबाबाले सर्वप्रथम मझुवा कालिका देविस्थानको दर्शन तथा पुजा आजा गरेपछि नजिकैको चौरमा उहाँको आशिर्वचन कार्यक्रमको आयोजना गरिएको थियो । मझुवा कालिका देवि संरक्षण तथा विकास समितिका अध्यक्ष पदम प्रसाद आचार्यको सभापतित्वमा भएको स्वामी आशिर्वचन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईद्धारा स्वागत तथा नगरपालिकाका तर्फबाट अभिनन्दन गरिएको थियो ।
स्वागत तथा अभिनन्दनका क्रममा नगरप्रमुख तीर्थराज भट्टराईले खोटाङको धार्मिक तथा पर्यटन विकासका लागि स्वामी महाराज कालिदाशबाबाको यो भ्रमणले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा स्वामी कालिदाश कृष्ण महाराजलाई बाँस सम्मेलनमा तयार पारिएका बाँसको घडि उपहार प्रदान गरिएको थियो ।
स्वामी महाराजलाई पूर्व जिल्ला समन्वय प्रमुख बबी चाम्लिङले पनि स्वागत मन्तव्य द्धारा स्वागत गर्नुभएको थियो ।
भक्तजनहरुलाई आशिर्वचन प्रदान गर्दै नेपालको महत्वपूर्ण तीर्थस्थलहरुमध्ये हलेसी महादेव, पाथीभरा जस्तै दिक्तेल मझुवाकालिका देवी पवित्र धार्मिक स्थल भएको उल्लेख गर्नुभयो । उहाँले कालिका पुराणमा कालिका मझुवाको वर्णन रहेको समेत बताउनुभयो । यो क्षेत्रमा आउँदा दुधकोशीमा स्नान गरीजल उठाएर हलेसी महादेवमा चढाउने, त्यही जल दिक्तेलस्थित मझुवा कालिका देवीमा पनि चढाएर दर्शन गर्दा सिद्धि प्राप्त हुने धार्मिक शन्देस प्रदान गर्नुभयो । हलेसी आएपछि कालिका देवीको दर्शन गर्नै पर्ने, त्यसो नगरे धार्मिक यात्रा अधुरो हुने बताउनुभयो । आफ्नो आशिर्वचनको क्रममा कालिका देवी र हलेसी मन्दिरका प्रवर्द्धन र विकासका लागि आफ्नो तर्फबाट सधै सहयोग रहने समेत प्रतिवद्धता व्यक्त भयो ।
स्वामी कालिदाश महाराज दिक्तेल मझुवाकालि देवीको दर्शन पछि हलेसी महादेवको दर्शन गरेर ४५ मिनेट भक्तजनहरुसँग भेट घाट गरी आजै काठमाण्डौ फर्किनु भएको हलेसीतुवाचुङ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ हलेसी का वडाध्यक्ष कमल गिरीले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !