बैशाख ११, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको सदरमुकाम दिक्तेलवजारमा आगामी बैशाख ३१ गतेबाट हुन लागिरहेको बृहत खोटाङ-हलेसी खेलकुद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव-२०८१ लाई व्यवस्थित र प्रभावकारी ढंगबाट सफल गराउन मूल आयोजक समितिका साथै अन्य उपसमितिहरुको गठन गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सवलाई व्यवस्थित र प्रभावकारी ढंगबाट सफल गराउन सोमवार जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षीय बैठकबाट जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समारोह समिति तथा अन्य ९ वटा थप उपसमितिहरुको गठन गरिएको हो ।
आगामी बैशाख ३१ गते उद्घाटन भई शुरु हुने बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव जेष्ठ १० गतेसम्म सञ्चालन हुने नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जनाएको छ । सर्वपक्षीय बैठकबाट मूल आयोजक समारोह समितिको सदस्य सचिवमा प्रतिष्ठानका अध्यक्ष सञ्जय कुमार राई रहने निर्णय भएको छ । यस्तै सर्वपक्षीय बैठकबाटै महोत्सवलाई चुस्त दुरुस्तका साथ सम्पन्न गराउन विभिन्न ९ वटा उपसमितिहरु गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा शान्तिसुरक्षा व्यवस्थापन, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीको संयोजकत्व तथा वरिष्ठ कराते प्रशिक्षक विचारी तामाङ सहसंयोजक एवं फुटवल भलिवल प्रशिक्षक सागर राई सदस्य रहने गरी अतिथि स्वागत सत्कार उपसमिति, नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाको संयोजकत्वमा साँस्कृतिक झाँकी व्यवस्थापन उपसमिति गठन गरिएको जनाइएको छ ।
यसैगरी स्वास्थ्य कार्यालय खोटाङको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, सोनाम हाङ राईको संयोजकत्वमा ध्वनि व्यवस्थापन उपसमिति, तेक्वान्दो प्रशिक्षक मोहन राईको संयोजकत्वमा संवयंसेवक व्यवस्थापन उपसमिति तथा दिपक श्रेष्ठ र मिलन कसजु रहने गरी सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
मूल आयोजक समारोह समितिको आगामी बैठकले महोत्सवका लागि आवश्यकीय अन्य विविध निर्णय र आवश्यकता अनुसार अन्य उपसमिति गठन गरिने श्रोतले जनाएको छ ।
करिव रु.५२ लाख खर्चमा सम्पन्न हुने आयोजकको आँकलन रहेको यो महोत्सव जिल्लामा खेलकुद लगायत अन्य विधाहरु समेत समेटिएर आयोजना हुन लागेको पहिलो महत्वपूर्ण कार्यक्रमका रुपमा लिइन थालिएको छ ।
महोत्सवका माध्यमबाट जिल्लामा खेलकुद तथा अन्य विधागत क्षेत्रहरुमा जिम्मेवार नेतृत्वहरुको अझ ध्यानाकर्षण हुनुका साथै खेलकुद र पर्यटनलाई एकै साथ अगाडि बढाउदै राष्ट्रिय अन्तराष्ट्रिय जगतमा खोटाङको छुट्टै पहिचान स्थापित गराउन सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।
[ यो पनि -खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ को आयोजना गरिदै }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !