चैत्र ०७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका भगत बहादुर राई र र नजिकै छुट्टिएर बसेका उनका साइला छोरा भिम बहादुर राईको घरमा बिजुली शर्ट हुनाका कारण आगोलागी भएर क्षति पुगेको हुँदा अग्निपीडित परिवारहरुका लागि राहत रकम र सामाग्रीहरु उपलव्ध गराइएको छ । बुधबार राति १ः५० बजे विध्युत शर्ट भै आगलागी हुँदा भगत बहादुर राईको ढुंगा माटो काठले बनेको जस्ताको छानो भएको २ तले घर र भिमबहादुरको सोही प्रकारको घर जलेर घर भित्र रहेको अन्नपात लत्ताकपडा, भाँडाकुडा, व्यक्तिगत कागजपत्रहरु, पूर्ण रुपमा नष्ट भएको थियो ।
आगोलागीका कारण विचल्लि बनेका अग्निपीडित भगतबहादुर तथा भिमबहादुरका परिवारलाई आजै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ साबिक–४ नम्बर पुराना गाउँबाट सहयोग जुटाएर रु.३२ हजार ६ सय १५ नगदका साथ धान ३ मुरी १ पाथी, कोदो २ मुरी ६ पाथी ४ माना, चामल १४ पाथी ७ माना, तेल ४ लिटर उपलव्ध गराइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनु भएको छ ।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखले चामल र तेल, जिल्ला प्रशासनका नासु सीताराम आचार्य मार्फत जिल्ला विपद कोषबाटबाट रु.१५/१५ हजार, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका तर्फबाट उपाध्यक्ष अशोक आचार्यले कम्बल १/१ वटा, म्याट्रेस १/१ वटा, पाल १/१ वटा, वाल्टी १/१ वटा उपलव्ध गराउनुभएको जनाइएको छ ।
यसैगरी खोटाङ प्राकृतिक प्रकोप कोषका तर्फबाट कोषाध्यक्ष युगसन किरातले जनही रु. १०/१० हजार, जाल्पा वडा कार्यालय बाट रु.१०/१० हजार, सहयोग रकम प्रदान गरिएको नगर प्रमुख भट्टरार्ईले जानकारी दिनुभयो । आगोलागीपीडित परिवारहरुलार्ई संघीय सरकारबाट बाट ५५ प्रतिशत, प्रदेश सरकार बाट ३० प्रतिशत र स्थानीय सरकार (नगरपालिका) बाट १५ प्रतिशत राहत रकमको प्रकृय अगाडि बढाएर चाँडै हस्तान्तरण गरिने पनि जनाईएको छ ।
[यो पनि ----- ऐसेलुखर्कका आगलागी पीडित परिवारहरुलाई राहत उपलव्ध
बतासेका आगलागी पीडित परिवारहरुलाई घरैमा पुगेर राहत सहयोग प्रदान }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !