असार १०, २०८१ , Khotang
गाउँलाई भरिलो बस्ति बनाउन अन्यत्रबाट बसाइ सरी आउने परिवारलाई नगद सहित सम्मान गरिने
हलेसीन्युजेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि रु.३१ करोड २२ लाख बढीको बार्षिक बजेट ल्याएको छ । आषाढ १० गते सोमवार पालिकाको सभाहलमा सम्पन्न १४ औँ गाउँ सभाबाट रु.३१ करोड २२ लाख बराबरको वार्षिक बजेट ल्याएको गाउँपालिका अध्यक्ष रविप्रकास रार्ईले हलेसी एफएमलार्ई जानकारी दिनुभएको छ ।
जसमा चालु तर्फ रु.२० करोड सतहत्तर लाख ४३ हजार र पूँजिगत तर्फ रु. १० करोड ४४ लाख ५७ हजार गरि कुल रु.३१ करोड २२ लाख बजेट ल्याएको हो ।
आगामी आर्थिक वर्षको लागि गाउँपालिकालाई वित्तिय समानिकरण अनुदान अन्तर्गत रु.६ करोड ९३ लाख, राजश्व बाँडफाँडबाट रु. ६ करोड ३८ लाख रकम प्राप्त हुने अनुमान गरिएको छ भने सशर्त अनुदान अन्तर्गत रु.१४ करोड ४३ लाख ८ हजार तथा समपुरक अनुदान अन्तर्गत रु.६० लाख रुपैंया प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान रु.३९ लाख ५९ हजार, सवारी करबाट २६ लाख ५१ हजार, प्रदेश सशर्त अनुदान तर्फ ९६ लाख ८२ हजार तथा समपुरक अनुदान १ करोड रुपैंया प्राप्त भएको छ भने गाउँपालिकाको आन्तरिक आम्दानी २५ लाख रुपैंया प्रक्षेपण गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा ३३ करोड ८८ लाख ९१ हजार रकम विनियोजन गरेकोमा २०८१ असार ९ गतेसम्म २३ करोड ६२ लाख ९० हजार रुपैया अर्थात कूल बजेटको ६०.८२ प्रतिशत मात्र खर्च गरेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उपाध्यक्ष बिर्सिका राईले गाउँसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई गाउँसभाले बहुमतले पारित गरेको छ । त्यस्तै उपाध्यक्ष राईले विनियोजन विधेयक, २०८१ र आर्थिक ऐन, २०८१ लाई समेत सभामा पेश गर्नुभएकोमा दुवै विषयलाई सभाबाट बहुमतले पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष रबिप्रकास रार्ईले सभा लाई सम्बोधन गर्दै आर्थिक मन्दीको चुनौतिलाई पन्छ्याउँदै दिगो विकास लक्ष्य प्राप्त गर्न पालिका प्रतिवद्ध रहेको, समृद्धिसंगै उत्कृष्ट पर्यटकीय गन्तव्य र रोजगारीलाई प्राथामिकता दिएको बताउनुभयो । १४ औँ गाउँसभाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी जोड दिई यस अघिको कार्यक्रमहरुलाई निरन्तरता दिएको छ ।
अध्यक्ष राईले साकेलाको गौरवको योजनाहरुलाई पुरा गर्न संघ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिने बताउँदै पर्यटनको माध्यमबाट गाउँपालिकालाई समृद्धिको गन्तव्यमा लैजान सकिने बताउनुभयो । तावाभञ्ज्याङ क्षेत्रमा वृहत्तर पर्यटन पूर्वाधार, तावाताल, धार्मिक पार्क, सांस्कृतिक गाउँ लगायतको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भई साँस्कृतिक गाउँ निर्माणको काम सुरु गरिएको पनि उहाँले बताउनुभयो । त्यस्तै, मपारुङ, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली, तावादोभानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने समेत उल्लेख गर्नुभयो ।
साकेलाको वृहत्तर पर्यटकीय क्षेत्रको विकास गरी आगामी चार वर्षभित्र नमूना पालिका निर्माण गर्न आवधिक योजना मार्फत समेटिएका पूर्वाधारहरुमध्ये पालिकाको सिमानामा साकेला ट्रेल र साँस्कृतिक भिलेज निर्माण तथा पालिकालाई डिजिटल पालिका निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईने बताउनुभयो ।
कार्यक्रममा चालु आर्थिक बर्षमा महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत महिलाहरुको कार्यबोझ घटाउने उद्देश्यकासाथ आवश्यक्ताको पहिचान गरि साकेला गाउँपालिका भित्र रहेका पाच वटै वडाका आमा समूहहरुलार्ई कुटानी पिसानी मिल प्रदान गर्ने प्रयोजनका लागि ८ वटा मिल खरिद प्रकृयामा रहेको स्पष्ट पारियो । यस्तै गरिबी निबारणका लागि लघु उध्यम बिकास कार्यक्रम अन्तर्गत चालु अर्थिक बर्षमा नयाँ लघु उध्यमी सिर्जना कार्यक्रम अन्तर्गत ४० जना नयाँ उध्यमी सिर्जना गर्ने लक्ष्य रहेकोमा ५० जना उध्यमीहरु सिर्जना भएको कार्यक्रममा जानकारी गराइएको छ ।
साकेला गाउँपालिकामा सञ्चालित पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिने भएको छ । गाउँपालिका बाट प्रवाह हुने सार्वजानिक सेवा प्रवाह वातावरणमैत्रि, महिला तथा जेष्ठ नागरिकमैत्री, वालमैत्री, अपाङमैत्री, पोषणमैत्री तथा सरसफाइमैत्री वनार्ईने भएको छ ।
‘एक गाउँ,एक टोल, एक उत्पादन’को नीतिलार्ई निरन्तरता प्रदान गरिने भएको छ । लोपोन्मुख अवस्थामा रहेका रैथाने जातका कृषि तथा पशुउपजहरुको खोजी, संरक्षण, विकास तथा बजारीकरणको लागि वीउ उत्पादन गर्न साकेला गाउँपालिकाले जोडदिने भएको छ । दिगो भू व्यवस्थापन तथा कृषि बाली सुधारको लागि गोठ सुधार तथा भकारो सुधारको कार्यलार्ई निरन्तरता दिने भएको छ ।
गाउँलाई भरिलो बस्ति बनाउन अन्यत्रबाट बसाइ सरी आउने परिवारलाई नगद सम्मान गरिने कार्यक्रमको निरन्तरता
पछिल्लो समय साकेलाबाट बसाईसर्नेहरुको संख्या बढिरहेको कारण जनसंख्या दिनानुदिन घटिरहेको अवस्थामा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ बाट ल्याएको नयाँ नीति अन्तर्गत अन्यत्रबाट साकेला गाउँपालिकामा बसाईसरी आउने परिवारलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने भनिएको रु. पाँच हजार प्रोत्साहन रकम कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने नीति अपनाएको छ । गाउँपालिकाले जनसंख्यालाई सन्तुलनमा राख्नका लागि अन्यत्रबाट बसाईसरी आउने परिवारलाई सम्मान स्वरुप पाँच हजार रकम उपलब्ध गराउने नीति अघि सारेको हो । बसाईसराईलाई न्यूनिकरण गर्नका लागि आधुनिक उपकरण सहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कार्यक्रमको अन्तमा
सभाध्यक्ष रविप्रकाश राईले १४औं गाउँसभासम्म आईपुग्दा समग्र साकेलाको विकास प्रकृयामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने, सल्लाह सुझाव प्रदान गर्नुहुने राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज र समग्र साकेलावासीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट साकेला गाउँपालिकाको १४औँ गाउँसभाको प्रत्यक्ष प्रशारण गरिएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।